ट्र्याक्टर दुर्घटनामा परि एकको मृत्यु, दुई घाइते

असोज २७, २०७७


२७ असोज २०७७
काठमाडा
–सोमबार अछामको साँफेबगर नगरपालिका वडा नं.७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते भएका छ ।

मृत्यु हुनेमा १८ वर्षीय राजु नगाजी रहेको छ भने अन्य दुई जना घाइते रहेको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

से १ त ८३३८ नम्बरको ट्र्याक्टर सोमबार सांझ बालुवा बोक्ने क्रममा दुर्घटना भएको र दुर्घटनाको थप कारण भने नखुलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।