आफैंले गोली हानी आत्महत्या गरे न्यायाधीशका अङ्गरक्षकले

असार १६, २०७७


१६ असार,२०७७
काठमाडौं– सुनसरी जिल्ला अदालतका न्यायाधीश शंकर बहादुर राईको अङ्गरक्षक ओमप्रकाश खतिवडाले सोमबार आफैले कञ्चटमा गोली हानेर आत्महत्या गरेको छ ।

खतिवडाले सुनसरी जिल्ला अदालतको छतमा गएर आफैले बोकेको पेस्तोलले कञ्चटमा गोली हानि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । अफैले दाहिने कञ्चटमा गोली हानी सिकिस्त घाइते भएका खतिवडालाई उपचारका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमा लगिए पश्चात उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।