बस र ट्रक एकापसमा ठोक्किदा एकको मृत्यु, दुई घाइते
माघ ०७, २०७७
कुलमान हटेलगत्तै किन काटिन थाल्यो बिजुली
माघ ०७, २०७७
काठमाडौं १८ जेठ, विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख ६३ हजार ७२५ पुगेको छ । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा अहिलेसम्म १७ लाख ७० हजारभन्दा धेरै मानिस संक्रमित बनिसकेका छन् । ब्राजिलमा करिब पाँच लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । रुसमा पनि संक्रमितको संख्या चार लाखको हाराहारीमा पुगेको छ ।