बस र ट्रक एकापसमा ठोक्किदा एकको मृत्यु, दुई घाइते
माघ ०७, २०७७
कुलमान हटेलगत्तै किन काटिन थाल्यो बिजुली
माघ ०७, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११० जना संक्रमित फेला परेका छन् । यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।
हालसम्म पीसीआर विधिबाट १६ हजार ८९८ वटा परीक्षण गरिएका छन् भने आरडीटी ५६ हजार ५५० । पछिल्लो २४ घण्टामा १३ सय १६ वटा परीक्षण गरिएका छन् । क्वारेन्टाइनमा कूल १३ हजार ६२५ जना रहेका छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमित १६४ जना रहेका छन् ।