19.1 C
Kathmandu

अन्तर्राष्ट्रियउत्तर कोरियाले बिहानै ३ वटा मिसाईल प्रहार गरेपछि जापानद्धारा'जे-अलर्ट'जारी

उत्तर कोरियाले बिहानै ३ वटा मिसाईल प्रहार गरेपछि जापानद्धारा’जे-अलर्ट’जारी

३ नोभेम्बर २०२२
जापान-बिहीबार बिहानै ३ वटा मिसाईल प्रहार गरेपछि जापानद्धारा’जे-अलर्ट’जारी गरिएको छ।उत्तर कोरियाले बिहानै हानेको लामो दुरीको क्षेप्यास्त्र जापान नआईपुगेको जापान सरकाले जनाएको छ।
सुरूमा उक्त क्षेप्यास्त्रको डरका कारण जापानले आपतकालीन प्रसारण प्रणालीबाट निगाता,यामागाता र मियागीको प्रफेक्चरहरू कभर गर्ने दुर्लभ ‘जे-अलर्ट’जारी गरिएको थियो।क्षेप्यास्त्र जापानबाट उडेको देखिएको र जापान कोस्ट गार्डले बिहान ८ः१०मा प्रशान्त महासागरमा कतै अवतरण गरेको बताईएको थियो।
उक्त क्षेप्यास्त्र मध्यवर्ती वा लामो दुरीको क्षेप्यास्त्र भएको अनुमान गरिएको छ।दक्षिण एसियाको योनहाप समाचार अजेन्सीले अज्ञात स्रोतलाई उद्धृत गर्दै प्रक्षेपणको क्रममा एक प्रोबेलेन्ट स्टेज र वारहेट अलग भएको बताईएको थियो।
जे-अलर्टले प्रभावित प्रान्तका मानिसहरूलाई घरभित्र वा भुमिगत शरण लिन चेतावनी दिएको थियो।सरकारले कुनै पनि शंकास्पद बस्तु भएमा सतर्क रहन सर्बसाधारणलाई अग्रह गरिएको थियो।
यो बर्ष आणबिक हतियार भएको उत्तर कोरियाले जापानमाथि मिसाईल प्रहार गरेको दोस्रो पटक र समग्रमा आठौं पटक हो।त्यस्ता प्रक्षेपणहरू छोटो दुरीको मिसाईल परीक्षणको हालैको गतिभन्दा धेरै उत्तेजक चालका रूपमा हेरिन्छ।
बिहान ८ः४१मा पुन अर्को मिसाईल प्रहार गरेको जापान कोस्ट गार्डले ८ः४७मा घोषणा गरेको छ।ब्यालेस्टिक मिसाईल जस्तो देखिने उक्त प्रहार समुन्द्रमा खसिसकेको र तेस्रो पटक प्रोजेक्टाईस्ल जस्तो देखिने प्रहार पनि समुन्द्नमा खसेको जनाउॅंदै सामुन्द्रिक भाग भएर यात्रा गरिरहेका जहाजहरूमा असर पुगे नपुगेको बारेमा कोष्ट गार्डले सुचना संकलन गरिरहेको जापानी समाचार संस्थाले उल्लेख गरेको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्