काठमाडौ । खानीखोला गाउँपालिकाका जनताहरुले मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले) पार्टीलाइ मतदान गर्ने बताएका छन् । डाँडापारी खानीखोलामा पहिलो पटक मोटर बाटो खन्न बजेट व्यबस्था गर्ने श्रेय एमालेलाई दिँदै अबको निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउन आफूहरुले सूर्यचिन्हमा मतदा गर्ने बताए । नेकपा (एमाले) ले मंगलवार खानीखोलाको तालढुङगामा आयोजित चुनावीसभा हेर्न आएका स्थानीयहरुले यस्तो प्रतिकृया दिएका हुन् ।
संविधानसभामा काभ्रेबाट निर्वाचित सदस्य रामहरी सुवेदी र रेशम लामाको पहलमा सांसद विकासकोष र जिविसको कुल ७१ लाख बजेट व्यबस्था भएपछि २०७३ साल पुषमा खानीखोलालाई मोटरबाटोसँग जोड्न सफल भएको थियो ।
ललितपुरको होचिटारदेखि खानीखोलाको तालढुङ्गासम्म करिब १५ किलोमिटर ट्रयाक खोलेपछि यहाँको जनताले यातायातको सुविधा उपभोग गर्न पाएका थिए ।
तर बर्खा याममा यातायात नचल्दा भने स्थानीयहरू दु:खी छन् । कुस्पागाउँदेखि कार्यक्रम हेर्न आएका सागर रानाले भने “बाटोको स्तरउन्नति हुन सकेन। खै कसलाइ भन्ने हो!”