समाचारनेकपा एमाले व्यक्तिगत रुपमा होइन सामुहिकतामा विश्वास गर्दछ: पूर्वमन्त्री रेशम लामा 

नेकपा एमाले व्यक्तिगत रुपमा होइन सामुहिकतामा विश्वास गर्दछ: पूर्वमन्त्री रेशम लामा 

काठमाडौ-आसन्न निर्वाचनका सन्दर्भमा काभ्रे नेकपा एमालेका उम्मेदवारससंग सञ्चारकर्मी कार्यक्रम सम्पन्न भएको छ । विहिबार जिल्लाको बनेपा स्थित होटल उग्रचन्डिमा निर्वाचन प्रचार प्रसार कमिटी प्रेस चौतारी नेपाल काभ्रेको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा काभ्रे जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको साथमा विभिन्न सञ्चारगृहका सञ्चालक तथा पत्रकारहरुको उपस्थिति रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काभ्रे क्षेत्र नं.१ प्रतिनिधि सभा नेकपा एमालेका उम्मेदवार रेशम लामाले निर्वाचन केवल जनप्रतिनिधि छान्नका लागी मात्र नभएर जनताको जनादेश र परमादेश बिचको जनमत संग्रह रहेको हुंदा यसै अनुरुप काभ्रेली जनताले बुझ्नु पर्ने कुरा बताए । नेकपा एमाले व्यक्तिगत रुपमा होइन सामुहिकतामा विश्वास गर्दछ । काभ्रेली जनताले दिएको अभिमतलाई कहिले पनि भुइमा लत्रिन नदिने कुरा समेत लामाले व्यक्त गरे ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रेशम लामाले मंसिर ४ गते परमादेश र कसैको आशिर्वाद पाएर अहिले देश लुटिरहेकाहरूको अन्त्य हुने दावी गारे । काभ्रेली जनताले नेकपा एमालेका उम्मेदवारहरूलाई जनादेस मार्फत संसदमा पठाउने विश्वास व्यक्त गरे । 

नीति र नेतृत्वमा कुनै व्यक्तिगत स्वार्थ नभएका एमाले उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएको बताउँदै उनले जिल्लाको विबिध पक्षका योजनाहरू समेत पत्रकारहरूलाई सुनाउएका थिए । गठबन्धनका उम्मेदवारसँग काभ्रे परिवर्तनको कुनै योजना नभएको दावी गर्दै नेता लामाले भने ‘एमाले सरकारमा हुँदा युवा, महिला, जेष्ठनागरिक, मजदुर सबैले सम्झन लायक काम गरेको छ, हामीले जित्ने आधार तिनै हुन् ।’ 

काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेससभा तर्फ १ (क) मा दिल बहादुर लामा (दिलिप)  प्रदेशसभा १ (ख) मा चन्द्र लामा उम्मेदवार रहेका छन ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्