28.1 C
Kathmandu

ब्रेकिङ समाचारकैलालीमा चक्कु प्रहार गरेर युवकको हत्या, ४ जना पक्राउ

कैलालीमा चक्कु प्रहार गरेर युवकको हत्या, ४ जना पक्राउ

२४ कार्तिक २०७८
काठमाडौ
। कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पूर्व रिसिबीलाई लिएर दुवै समूहबीच भएको झडपका क्रममा बडुवालको चक्कु प्रहार गरेर हत्या गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले युवकको हत्यामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै तत्काल नाम सार्वजनिक नगर्ने जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्