६ बैशाख २०७७
काठमाडौ । नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको हो ।
केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ ।
ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल झलनाथ खनाल समूह भने रुष्ट बनेको छ ।