18.6 C
Kathmandu

कला/ साहित्यकुर्दिस्तानमा बृहत् सांस्कृतिक कार्यक्रमको भव्य तयारी, प्रीती आलेको बेजोड प्रस्तुति रहने

कुर्दिस्तानमा बृहत् सांस्कृतिक कार्यक्रमको भव्य तयारी, प्रीती आलेको बेजोड प्रस्तुति रहने

काठमाडौं । प्रवासी नेपाली एकता समाज कुर्दिस्तान इराकले नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावली २०८२ को पावन अवसरमा शुभकामना आदान-प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको भव्य तयारी गरोको छ ।

17 अक्टोबर 2025 का दिन नवोरोज हल (अर्बिल)मा बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म हुने उक्त कार्यक्रममा शुभकामना आदनप्रदानको साथै विभिन्न सांगितिक प्रस्तुतिहरु रहेने भएको छ । प्रवासी नेपाली एकता समाज कुर्दिस्तान इराकको १५ औं प्रस्तुती स्वरुप बिगत झै यसपटक पनि नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावली २०८२ को पावन अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोकप्रिय गायिका प्रीती आले र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ । 

दशैं तिहार धमाका-2025 कार्यक्रम आयोजना गर्ने भएकोले उक्त कार्यक्रमलाई सफल पार्नको निमित्त कुर्दिस्तानमा स्थापित संघ संस्थाका प्रमुख, पदाधिकारीहरू, बुद्धिजीवी, समाजसेवी, ब्यावसायीहरु, कलाकारहरु र कुर्दिस्तानमा कर्म गरिरहुनु भएका आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्णलाई उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्