20.2 C
Kathmandu

कला/ साहित्यदर्शकको मन जित्दै एला माया संकालु

दर्शकको मन जित्दै एला माया संकालु

काठमाडौ ।लाखौँ दर्शकले रुचाएको तामाङ गीत एला माया सकांलु भिडियो सहित डिजिटल बजारमा सर्वजानिक भएको छ। गायक सन्जिव घिसिङ र गायिका पुजा लामाको आवाजमा रहेको उक्त गीतको भिडियो Sanjiv Ghising Official युट्युब च्यानलबाट गत शुक्रबार सर्वजानिक भएको हो ।

राजु लामा थीङको शब्द र सन्जिव घिसिङको संगीतमा रहेको उक्त गीत फ्याफुल्ला नेपाल स्टुडियोमा रेकर्ड भएको थियो भने संगीत संयोजन सानुबाबु घिसिङको रहेको छ । भिडियो तर्फ भने मिस्टर तामाङ २०२४ का मिस्टर पपुलर अवार्ड, मिस्टर पब्लिक च्वाइस अवार्ड बिजेता तथा मोडल प्रयास गोले र चर्चित मोडल यङगी दोङको मुख्य अभिनय रहेको छ । पृथक शैलीमा निर्माण गरिएको यस म्युजिक भिडियो तामाङ चलचित्रका महानायक अमिर दोङको निर्देशनमा कृष्ण ब्लोनले छायांकन र सम्पादन गरेका हुन भने कोरियोग्राफी मोडल तथा निर्देशक पाल्देन लामाको रहेको छ । भिडियोलाई रोचक शैलीमा प्रस्तुत गर्ने उदेश्यले महानायक अमिर दोङ स्वयम आफैले र तामाङ खलनायक कुइसाङ रुम्बाले अतिथी कलाकारको रुपमा भुमिका निर्भह गरेका छन।

भिडियोलाइ दर्शक श्रोताले माया गरिएता पनि तामाङ गीत अनुसारको लुगा नभएको जनगुनासो आए पछि निर्माण पक्षले गीतको भावलाइ ओझेलमा नपर्ने गरि र कथाले मागे बमोजिम कलाकारहरुलाई उतारिएको जानकारी दिएका छन भने युट्युब को प्रतिकृयाहरुलाई नियाल्दा दर्शक श्रोता सन्तुष्ट रहेको देख्न सकिन्छ ।

वर्तमान अवस्थामा नेपाली गीत संगीत जगतमा तामाङ गीतहरुले चर्चा बटुली रहदा यस भिडियोलाई पनि तामाङ तथा गैर तामाङ समुदायहरुबाट सकृय माया पाई अपार सफलता हासिल गर्न सकिने निर्माण पक्षले बिस्वास लिएका छन ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्