27.1 C
Kathmandu

कला/ साहित्यतामाङ चलचित्र संघ बागमती प्रदेशको चौथो वार्षिक साधारण सभा सम्पन्न

तामाङ चलचित्र संघ बागमती प्रदेशको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । तामाङ चलचित्रकर्मीहरुको साझा संस्था तामाङ चलचित्र संघ नेपाल बागमती प्रदेश समीतिको चौथो बार्षिक साधारण सभा शनिबार काठमाडौ चावहिलस्थित चलचित्र विकास बोर्डमा सम्पन्न भएको छ ।

संघको शनिबार सम्पन्न वार्षिक साधारण सभा संगै संघकै अध्यक्ष दावा फिन्जो तामाङ अभिनित चलचित्र अभियानको समेत विशेष प्रदर्शन गरेका थिए । सिन्धुपाल्चोक जिल्ला लिसङ्खु पाखर गाउंपालिका प्रमुख राजु तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्रस्टा सम्मान बाट थुप्रै कलाकारहरुलाई समेत सम्मान गरेका थिए भने संचारकर्मी सुदिन लामा दोङ पनि सम्मानित भएका थिए । विभिन्न संघ संस्थाको प्रतिनिधि, सामाजसेवी, कलाकारहरुका साथै अन्य व्यक्तिहरुको समेत बाक्लो उपस्थिति संगै संघको वार्षिक साधारण सभा, चलचित्र प्रदर्शन तथा स्रस्टा सम्मान कार्यक्रम भव्य रुपमा सफल भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि तामाङले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने यो देशको परिवर्तनको लागि भाषण गर्ने नेताको भन्दा कलाकारहरुको योगदान ठुलो रहेको बताए । कलाकारले गाएका गीत संगीत र जीवन्त अभिनयले समाजमा परेको छाप र परिवर्तन उल्लेखनिय रहेको भन्दै केही गीतको उदाहरणहरु समेत दिएका थिए । चलचित्र हेर्दै कार्यक्रमको महत्व र गरिमा बुझेर कार्यक्रमको अन्तिम चरणसम्म स्टेजमै रहेका तामाङले चलचित्र अभियानको पनि खुलेरै प्रशंसा गरेका थिए ।

कार्यक्रमको सभाध्यक्ष, तामाङ चलचित्र संघ बागमती प्रदेश समीतिका अध्यक्ष एवम् नायक दावा फिन्जो तामाङले भने तामाङ चलचित्रकर्मीहरुको बिचमा रहेका वर्तमान समस्या र चुनौतीहरुको बारेमा प्रस्ट पारेका थिए । नायक तामाङले तामाङ चलचित्रको ईण्डस्ट्री सानो, कलाकार सीमित तर एक अर्काको डाहा गर्ने र खुट्टा तान्ने प्रवृत्ति रहेकोमा दुःख व्यक्त गरेका थिए । तामाङ चलचित्र संघमा आवद्ध रहने अनि संघले नै आयोजना गरेको कार्यक्रमको बेवास्त गर्ने कलाकारहरुलाई भने उनले संघको सदस्यताको औचित्य नबुझेको बताए ।

यो कार्यक्रमले तामाङ चलचित्र क्षेत्रको एकता, सशक्तिकरण र सिर्जनात्मकताको भावनालाई पुनः एकपटक उजागर गरेको देखिव्छ। साधारण सभाबाट आगामी दिनमा चलचित्र क्षेत्रलाई अझ व्यवस्थित र व्यावसायिक बनाउने रणनीति तय गरिएको छ भने, प्रदर्शन र सम्मान कार्यक्रमले कलाकार, निर्देशक, प्राविधिक तथा संचारकर्मीहरूलाई समेत थप हौसला प्रदान गरेको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्