27.1 C
Kathmandu

कला/ साहित्यङला तीङरी प्रेम गीतको अडियो र भिडियोले दर्शक/श्रोतामाझ नयां स्वाद

ङला तीङरी प्रेम गीतको अडियो र भिडियोले दर्शक/श्रोतामाझ नयां स्वाद

काठमाडौं । तामाङ गीतसंगीतको क्षेत्रमा पछिल्ला समय छोटो ठट्यौली गीतहरुले बजार तताईरहेको अवस्थामा चर्चित गायक तथा संगीतकार निमा दोङले भने प्रेम गीत ङला तीङरी भिडियो सहित बजारमा ल्याएका छन् ।

दोङले उक्त प्रेम गीत बजारमा ल्याए संगै दर्शक/श्रोताले तामाङ गीतसंगीतमा नयां स्वाद पाएका छन् । लामो समय देखी तामाङ सेलो गीतसंगीतमा लाग्दै आएक गायक तथा संगीतकार निमा दोङको सिर्जनामा प्राय फरकपन नै आउने गरेको पाईन्छ  । उनको सिर्जनामा बनेका अन्य गीतहरु संगै प्रेम गीतहरू तामाङ समुदायमा निकै लोकप्रिय छन्, जसले प्रेम, विछोड, र भावनात्मक क्षणलाई सङ्गीतमार्फत उजागर गरेका छन् ।उनको तामाङ सेलो, आधुनिक तथा लोकशैलीका प्रेम गीतहरूले युवा पुस्तालाई निकै आकर्षित गरिरहेका छन्। दोङको गीतहरूमा मेलोडी र लय संयोजन निकै भावनात्मक हुने गरेको पाईन्छ ।

केही दिन अघि मात्रै निमा दोङको आफ्नै युट्युव च्यानल मार्फत सार्बजनिक गकिएको तामाङ प्रेम गीत ङला तीङरी बोलको गीतले फेरी पनि तामाङ गीतसंगीतको बजार प्रेममय बन्ने अनुमान पनि गरेको पाईन्छ । यस गीतको शब्द रचना देखी संगीत, गायन संगै भिडियो पक्षले समत सहजै रुपमा  दर्शक/श्रोताको मन जित्नेसम्भावना निक्कै देखिन्छ । तामाङ गीतसंगीतको क्षेत्रमा लामो समय देखि विभिन्न खालका गीतहरु लेखनमा कलम चलाउंदै आएका चर्चित गितकार कुमार स्याङ्बाको शब्द रचना रहेको उक्त गीतको शब्दमा सामान्य बोलीचालिको शब्दहरुलाई नै भावनात्मक रुपमा सबैको मुखमा झुण्डिने खालका शब्दहरुलाई प्रेम भावको रुपमा लयबद्ध गरेका छन् भने शब्द अनुरपकै संगीतलाई मिठासपुर्ण ढंगले मेलोडी तयार गरेका छन् निमा दोङले । उक्त गीतमा चर्चित गायिका सुमिना लो संगै नव गायक सन्त वाईबाले आवाज दिएका छन् । नव गायक वाईबाले जीवनकै पहिलो पटक आफ्नो आवाजमा गीत गाए पनि स्वरमा उत्तिकै मिठासपन रहेको मात्र नभएर कत्ति पयले उनको आवाजमा निमा दोङको फ्लेबर पाईएको प्रतिकृया दिएका छन् ।

उक्त गीतको भिडियो तर्फ भने अजय स्याङ्तानको निर्देशनमा लाक्प लामा र रश्मिला तामाङको अभिनय रहेको छ । भिडियो छायांकन तथा सम्पादन बिक्रम मोक्तानले गरेका हुन् । गीतको भिडियो निक्कै नै रोचक ढंगले प्रस्तुत गरिएको पाईन्छ । सार्बजनिक गरेको छोटो समयमा गीतलाई सन्तोषजनक रुपमा दर्शकको माया पाएको पाईन्छ ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्