काठमाडौ । तामाङ समुदायको कला, संस्कृति र पहिचानलाई उजागर गर्ने उद्देश्यका साथ तामाङ सुपरस्टार डम्फु। मिडियाको आयोजनामा मिस तामाङ २०२६ सामाग्री मोक्तान तामाङलाई बधाई तथा सम्मान कार्यक्रमका साथै “मनैको माया” म्युजिक भिडियो सार्वजनिक कार्यक्रम शुक्रबार बौद्ध पिपलबोट स्थित सेकुवा जक्शनमा भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न सामाजिक अगुवा, कलाकार, पत्रकार तथा तामाङ समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा मिस तामाङ २०२६ का विजेता सामाग्री मोक्तान तामाङलाई डम्फु मिडियाका संचालक तथा तामाङ चलचित्रका महानायक अमिर दोङले खादा, मायाको चिनो तथा सम्मानपत्र प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।
त्यसै अवसरमा सार्वजनिक गरिएको माया प्रेम संग सम्बव्धित गीत “मनैको माया” म्युजिक भिडियो सार्बजनिक गरेका थिए । गीतमा शब्द रचना जेम्स जिम्बाको रहेको छ भने संगीत कर्साङ लामाको रहेको छ । गीतमा आवाज कर्साङ लामा र नतसा ब्लोनको रहेको छ । गीतको भिडियो तर्फ भने महानायक अमिर दोङको निर्देशनमा साईला सिङ्तान, सुजिना लामा र पेमा लामा योन्जनको अभिनय रहेको छ । पर्यटकिय स्थल मुस्ताङ आसपासमा छायांकन गरिएको उक्त म्युजिक भिडियोको निर्माता पेमा लामा योन्जन रहेको छ भने सह निर्माता तथा मेकअप आर्टिस्ट ईश्वरी स्याङ्तान रहेको छ । भिडियो छायांकन तथा रंग सम्पादन त्रिलोक लामाको रहेको छ ।
कार्यक्रम सांगीतिक प्रस्तुति, शुभकामना मन्तव्य तथा भिडियो प्रदर्शनसँगै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। आयोजक संस्थाले आगामी दिनमा पनि तामाङ कला–संस्कृतिको प्रवर्द्धनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
