समाचारइतिहास दोहोर्याउने दाउमा पार्वत गुरुङ, जनलहरले दियो बलियो सन्देश

इतिहास दोहोर्याउने दाउमा पार्वत गुरुङ, जनलहरले दियो बलियो सन्देश

इतिहास दोहोर्याउने दाउमा पार्वत गुरुङ, जनलहरले दियो बलियो सन्देश

दोलखा । नेकपा (एमाले)का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ दोलखा जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मिति नजिकिदै गर्दा घरदैलो कार्यक्रम/प्रचारप्रसारमा गुरुङले उल्लेख्य जनसहभागिता उतार्दै आफ्नो संगठनात्मक पकड र जनआधारको प्रदर्शन गरेको छ।

दोलखा एमालेमा देखिएको उल्लेख्य जनलहर र युवाहरुको आकर्षण नै पूर्वमन्त्री गुरुङको इतिहास दोहोर्याउने बलियो संकेत देखिएको गुरुङ निकाट नेताले बताएको छ । उनका अनुसार दोलखा सदरमुकाम आसपास संगै जिल्लाभरीकै गाउंवस्तीमा एमाले कार्यकर्ताको बाक्लो उपस्थिति देखिनु नै बलियो चुनावी सन्देशका रूपमा व्याख्या गरिएको छ। पूर्वमन्त्री गुरुङ शालीन समन्वयकारी व्यक्तित्व, संगठनात्मक पकट, परिणाममुखी कार्यशैलीकै कारण दोलखाली जनताको मनमुटुमा छाईसकेको व्यक्त गर्दै तेस्रो पटक विजय हुने बताए ।

एमाले पकड रहेको दोलखामा २०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसका भीमबहादुर तामाङ बाहेक अरुले जित हासिल गर्न सकेका छैनन्। २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा दुवै क्षेत्र माओवादीले जितेको थियो। त्यसबाहेक स्थानीय तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले हावी हुँदै आएको जिल्ला हो।  यो पटक २०७० र २०७४ सालको निर्वाचनमा लगातार विजय हासिल गर्दै मन्त्री पदको जिम्मेवारी समेत सम्हालिसकेका गुरुङ अनुभव र उपलब्धिको एजेण्डासहित पुनः जनतामाझ पुगेका हुन्। एमाले पक्षधरहरू यो उपस्थितिलाई “जनलहरको संकेत” भन्दै उत्साहित देखिएका छन्। गुरुङले मतदाताको घरघरमा पुगि विगतका अधुरा काम पूरा गर्ने र विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । गुरुङले दोलखामा पूर्वाधार विकासलाई वैज्ञानिक/दिगो र व्यवस्थित ढंगले अघि बढाउने, विगतदेखि नै जिल्लामा पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई योजनाबद्ध रूपमा अगाडि बढाउँदै आएको उल्लेख गर्दै उनले अब बाँकी रहेका विकासका कामलाई तीव्रता दिने अठोट गरेका छन् । पूर्वमन्त्री गुरुङका अनुसार जिल्ला भरिकै अधुरा रहेका आयोजना सम्पन्न गर्ने, निर्माणाधीन योजनालाई समयमै टुंग्याउने तथा कानुनी प्रक्रियाका कारण रोकिएका परियोजनालाई सुचारु गर्ने दिशामा पहल गरिनेछ । जिल्लाभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको सहज पहुँच विस्तार गर्ने योजना समेत अगाडि सारिएको छ। दुर्गम क्षेत्रसम्म सञ्चार पहुँच पुर्‍याई डिजिटल विभाजन अन्त्य गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो।

जिल्लामा निर्माणाधीन फिल्म सिटी परियोजनालाई यथाशीघ्र सम्पन्न गरी दोलखालाई पर्यटन तथा चलचित्र छायांकनको आकर्षक गन्तव्य बनाउने लक्ष्य समेत लिइएको छ। फिल्म सिटी सञ्चालनमा आएपछि स्थानीय रोजगारी सिर्जना हुनुका साथै आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्