ब्रेकिङ समाचारमाधव नेपाल र बिप्लवसंग पार्टी एकताको छलफल चल्दै–पूर्वप्रधानमन्त्री प्रचण्ड

माधव नेपाल र बिप्लवसंग पार्टी एकताको छलफल चल्दै–पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल र बिप्लवसंग पार्टी एकताको छलफल चलिरहेको बताउनुभएको छ । मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासंग एकताको छलफल चलिरहेको बताउनुभएको हो ।

प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरि ध्रुविककरणको कार्यलाई प्राथमिकतामा राखिएको जिकिर गर्नुभयो । प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको र अभियानका क्रममा माओवादीको पक्षमा जनमत बढ्दै गएको देखिएको बताउनुभएको हो । माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा निरन्तर लागेको उहाले बताउनुभयो ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्तालाई प्रचण्डले माओवादीमा प्रवेश गराउनुभएको हो । माओवादीमा प्रवेश गरेका नेताहरुलाई उचित जिम्मेवारी दिइने प्रचण्डले बताउनुभयो ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्