काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी र सत्तापक्ष दलबीच भएको छलफल निष्कर्षविहीन भएपछि शुक्रबार बोलाइएको बैठक सूचना टाँस गरि जेठ २५ गते आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा छानविन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले सदन सञ्चालन गर्न दिएका छैनन् ।भिजिट भिसा प्रकरणमा छानविन समिति गठनको प्रतिवद्धता आए सदन चल्न दिने प्रस्ताव प्रतिपक्षीले गरेपनि सत्तापक्षले भने संवैधानिक निकायले गरिरहेको अनुसन्धानमा अर्को छानविन समिति गठन आवश्यक नरहेको जवाफ दिदै आएको छ ।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षीको अडानका कारण कारण जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक प्रभावित हुदै आएको छ ।
