ब्रेकिङ समाचारप्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरि बिहीबारसम्मका लागि स्थगितगरिएको छ ।
प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राखेपछि बुधबार बोलाइएको बैठक बस्दै नबसी बिहीबार १ बजेसम्मका स्थगित गरिएको हो ।

बुधबार १ बजे बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि दिउँसो सवा ३ बजेसम्मका लागि सारिएको थियो । तर दिउँसो पनि बैठक बस्ने सक्ने अवस्था नरहेपछि सूचना टाँस गरी बिहीबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

निरन्तर संसद बैठक प्रभावित भएपछि सभामुख देवराज घिमिरेले प्रतिपक्ष र सत्तापक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नु भएको थियो । तर सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा कायमै रहेपछि बुधबार पनि बैठक प्रभावित भएको हो ।

प्रतिपक्षीले भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय वा संसदीय छानविन आयोग गठन गर्नुपर्ने र छानविनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेको छ भने सत्तापक्षले आफ्ना बिषयमा उठेका बिषयमा गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने जनाएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्