Uncategorizedडम्फु मिडियाले गरे मिस तामाङ अन्जु थोकर र फस्ट रनरअप मोनालिसा थिङलाई...

डम्फु मिडियाले गरे मिस तामाङ अन्जु थोकर र फस्ट रनरअप मोनालिसा थिङलाई सम्मान 

काठमाडौं । तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लि.ले मिस तामाङ २०२५ का विजेता अन्जु थोकर तामाङ र फस्ट रनरअप मोनालिसा थिङलाई सम्मान गरेका छन् ।गत आईतबार काठमाडौं बौद्ध स्थित एक कार्यक्रमका बिच डम्फु मिडियाका संचालक एवम तामाङ चलचित्रका महानायक अमिर दोङले मिस तामाङ २०२५ लाई सम्मान गरेका हुन् ।

आईतबार महानायक अभिनित बिहिन दोङको तामाङ प्रेम गीत सेम न्हाङरी म्युजिक भिडियो बिमोचन कार्यक्रम संगै मिस तामाङ २०२५ र उपविजेता सम्मानित भएका हुन् । उनि संगै मिस तामाङको आयोजक संस्था मम्स् ईन्टरनेशनलका संचालिका एवम नायिका रन्जिता ब्लोनलाई पनि डम्फु मिडियाबाट सम्मान गरेका थिए । 

हाल सम्म समुदायले १७ जना मिस तामाङ पाएका छन् भने एक जना मिस्टर तामाङ पाएका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्