काठमाडौ । काभ्रेको तेमाल गाउंपालिका वडा ३ स्थित पँधेरा घुम्तिमा बस दुर्घटना भएको छ । आज बिहान करिब ४ः४० बजे ना ४ ख ८८१७ नम्बरको बस दुर्घटना भएको वडाध्यक्ष बिष्णु बहादुर तामाङले बताए ।
धादिङमा जन्ती पुर्याएर फर्कने क्रममा तेमाल गाउँपालिका वडा न: ३ स्थित पँधेरा घुम्तिमा व्याक गर्ने क्रममा बस सडकबाट करीव २०० मिटर तल खसेको वडाध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परि बसमा सवार २ जना मध्ये सवारी धनि तेमाल १ का राम सिं तामाङको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा परि गम्भिर घाइते भएका सवारी चालक मकवानपुर बागमतीका कृष्ण ब्लोनलाई विहानै अस्पताल पु्र्याएको छ ।
वडाध्यक्ष लामाको अनुसार विहान अंधेरोमै हल्ला खल्ला सुनेपछि स्थानिय युवाहरु सहित जम्मा भएर घटनास्थलमा पुगी घाईतेको उद्धार गरी तेमाल गाउंपालिकाको एम्बुलेन्स बोलाएर तत्काल उपचारका लागि अस्पताल पठाईको छ ।