कला/ साहित्यदशैं धमाका २०८१ को लागि विशाल काल्तन र शिव परियार इराकको सुलेमनिया...

दशैं धमाका २०८१ को लागि विशाल काल्तन र शिव परियार इराकको सुलेमनिया जांदै

काठमाडौ। इराकको सुलेमनिया स्थित सर्चिनरको ओस्कर हलमा हुने दशैं धमाका २०८१ को लागि नेपालबाट चर्चित गायक विशाल काल्तन र शिव परियार सांगीतिक प्रस्तुतिका लागि सुलेमनिया जाने भएको छ ।

बालबालिका अनाथालय सहयोगार्थ स्वरुप गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इराकको आयोजनामा हुन लागेको बृहत् सांस्कृतिक कार्यक्रम दशैं धमाका २०८१ का लागि नेपालबाट चर्चित गायक विशाल काल्तन र शिव परियार सांगीतिक प्रस्तुतिका लागि सुलेमनिया जाने कार्यक्रम आयोजकले जानकारी दिएको हो । 2024 अक्टोबर 18 तारिखको दिन इराकको सुलेमनिया स्थित सर्चिनरको ओस्कर हलमा हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले बताएका छन् ।

आयोजकका अनुसार, कार्यक्रममा नेपालबाट गायक काल्तन र परियारको विशेष यांगीतिक धमाका रहनेछ भने स्थानिय कलाकारहरुको समेत दर्जनौं सांगीतिक प्रस्तुति हुनेछ। प्रवासमा रहेका नेपाली समुदायलाई सांस्कृतिक रूपमा एकताबद्ध गर्दै आफ्नो पहिचानलाई बचाइराख्नुका साथै नेपाली सांस्कार संकृतिको समेत प्रवर्द्वन गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजकले बताए । आयोजक संस्थाले पायक पर्ने सम्पूर्ण नेपाली समुदायलाई यस विशेष अवसरमा सहभागी भई कार्यक्रम भव्य र सब्य रुपमा सफल पार्न समेत अनुरोध गरेका छन् ।

सांगीतिक धमाका संगै एक आपसमा शुभकामना आदान प्रदान समेत हुने उक्त कार्यक्रमको व्यवस्थापनको पाटो पूर्ण रुपमा सकिएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्