19.1 C
Kathmandu

कला/ साहित्य'ल्होछार खाजीले' तामाङ कलाकारहरुको संयुक्त आवाज र अभिनयमा यस्तो बन्यो भिडियो

‘ल्होछार खाजीले’ तामाङ कलाकारहरुको संयुक्त आवाज र अभिनयमा यस्तो बन्यो भिडियो

काठमाडौ । मञ्जुश्री संवत २८६० औं सोनाम ल्होछार (डुक ल्हो) आउन केही दिन मात्र बांकी रहेको छ । ल्होछार नजिकिए संगै केही केही ल्होछारसंग सम्बन्धित गीतका म्युजिक भिडियोहरु आउन थालेको छ । यसै क्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष समेत अन्य केही पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको संयुक्त आवाज र संयुक्त अभिनयमा ल्होछार खाजीले भिडियो सहित सार्बजनिक भएको छ ।

बिपिन लोप्चनको प्रस्तुती रहेको यस गीतको शब्द रचनाकार समेत निर्माताद्धय बिपिन लोप्चनकै रहेको छ । नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानको संगीत रहेको यस गीतमा संगीतकारद्धय काल्तनको साथमा प्रकाश तामाङ तितङु, प्रदिप लामा, आस्मान लोप्चन, जितु लोप्चन र रेश्मा बम्जनको संयुक्त आवाज रहेको छ भने अभिनय समेत तिनै कलाकारहरुको रहेको छ । गीतको अडियो मिक्सिङ तथा एरेन्ज दिपेश प्रधानले गरेका हुन् ।

ल्होछार खाजी हुरधिङसि, सक्लान नाम्सा धिम–धिमरी
शान्तिला संग्युर पांतासी, आज्यवा बज्र्या फाङ्तासी
ताङ्बा नेबा बाजीले, ल्होछार खाजीले,

यो बर्ष खासै ल्होछारका गीतहरु बजारमा नआएको बेला नेपाल तामाङ कलाकार संघका अध्यक्ष लगायत अन्य केही कलाकारहरुको संयुक्त आवाजमा रहेको ल्होछार खाजीले ल्होछारको हरेक कार्यक्रमहरुमा बज्नेछन् र गाउंवस्तीहरुमा ल्होछारको नयाँ सन्देश समेत लाने कुरा यस गीतका कलाकारहरु बताउँछन् ।

गीत चर्चित गायीका जितु लोप्चनको आफ्नै युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्