25.1 C
Kathmandu

कला/ साहित्यराष्ट्रिय तामाङ घेदुङको आयोजनामा मकर योञ्जनलाई जिताउन भोट आह्वान कार्यक्रम सम्पन्न

राष्ट्रिय तामाङ घेदुङको आयोजनामा मकर योञ्जनलाई जिताउन भोट आह्वान कार्यक्रम सम्पन्न

काठमाडों । नेपाल राष्ट्रिय तामाङ घेदङुको आयोजनामा मंगलबार मकर बहादुर योञ्जनलाई जिताउनका लागी भोट आह्वान कार्यक्रम सम्पन्न भएको छ । भ्वाईस अफ नेपाल सिजन पाँचमा टिम राजेशबाट टप फिनालिस्टमा पर्न सफल मकर बहादुर योञ्जनलाई भोट गर्नको लागि आह्वान कार्यक्रम बौद्ध स्थित याङ्ला रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ, तामाङ पत्रकार संघका संघीय कार्यसमिति सदस्य सुदिन दोङ लगायत अन्य थुप्रै कलाकार तथा विभिन्न सञ्चार गृहबाट थुप्रै पत्रकारहरुको समेत उपस्थिति रहेका थिए । कार्यक्रममा प्रतिस्पर्धी मकर बहादुर योञ्जन स्वयमले भोटको लागि अपिल समेत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण बलले मकर योञ्जनलाई अग्रीम बधाई तथा जीतको लागि समेत शुभकामना व्यक्त गर्दै व्यक्तिगत तथा संस्थागत रुपमा भोटको लागि सक्दो सहयो गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रम सम्पन्न भएपछि उपस्थित पत्रकारहरुसंग मकर योञ्जनको अन्तर्कृयात्मक कार्यक्रम समेत राखेका थिए । पत्रकारहरुको अनुरोधलाई स्वीकार्दै योञ्जनले अडिसन राउण्डमा गाएका गीत समेत गुनगुनाउदै केही रमाईलो कुराकानी समेत गरेका थिए । सांगीतिक यात्राको क्रममा अबको समय नेपालमै केही गर्ने उदेश्य बोकेका मकर योञ्जनले यहाँ सम्म आउनुमा सम्पुर्णको भोट, साथ र सहयोगले नै हो तसर्थ यो एक पटक फेरी पनि सक्दो सहयोग गरिदिनका लागी अनुरोध गरे ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्