19.1 C
Kathmandu

कला/ साहित्यतामाङ कलाकार संघको आयोजनामा मकर योञ्जनलाई भोट गरौं आह्वान कार्यक्रम सम्पन्न

तामाङ कलाकार संघको आयोजनामा मकर योञ्जनलाई भोट गरौं आह्वान कार्यक्रम सम्पन्न

काठमाडौं। नेपाल तामाङ कलाकार संघको आयोजनामा सोमबार काठमाडौ स्थित नेपाल तामाङ घेदुङको संघीय कार्यालयमा मकर योञ्जनलई भोट गरौं आह्वान कार्यक्रम सम्पन्न भएको छ । भ्वाईस अफ नेपाल सिजन पाँचको टिम राजेशबाट फिनालिस्ट मकर बहादुर योञ्जन नेपाल तामाङ कलाकार संघको सदस्य समेत रहेको र गायन क्षेत्रमा निक्कै नै सक्षम क्षेमता रहेको योञ्जनलाई भ्वाईस अफ नेपाल सिजन पाँचको विजेता बनाउने उदेश्यका साथ उनलाई भोट गर्न आह्वान स्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

काठमाडौं स्थित चुच्चेपाट्टीमा रहेको नेपाल तामाङ घेदुङको सभाहलमा सोमबार सम्पन्न उक्त कार्यक्रममा प्रतिस्पर्धी मकर बहादुर योञ्जनको समुपस्थितीमा स्वयम् आफैले भोटको लागी अपिल गरेका थिए । नेपाल तामाङ कलाकार संघको अध्यक्ष चर्चित गायक तथा संगीतकार विशाल काल्तनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका सह–अध्यक्ष, नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष चन्द्र कुमार दोङ, पूर्वअध्यक्ष सञ्जिव वाईवा, विश्व दोङ लगायतका अन्य थुप्रै तामाङ कलाकार र पत्रकारहरुको सहभागि सहित उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सबै अतिथिहरुले मकर बहादुर योञ्जनलाई विजयीको लागी अग्रीम बधाई तथा शुभकामना सहित सम्पूर्णलाई भोट गर्नका लागि समेत अपिल गरेका थिए ।

गीतसंगीतको कुनै भाषा, धर्म र जात नभएको तर सिंगो तामाङ समुदायबाट प्रतिनिधित्व गरेर एक मात्रै प्रतिस्पर्धी योञ्जनलाई तामाङ समुदाय र समुदायका सिंगो कलाकार तथा पत्रकारहरु समेत एक्यवद्ध रुपमा भोट गरेर मकर बहादुर योञ्जनलाई भ्वाईस अफ नेपाल सिजन पाँचको विजेता बनाउने प्रतिबद्धता समेत उपस्थित सबैले गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्