19.1 C
Kathmandu

कला/ साहित्यप्रकाश मानव सेवा आश्रम द्धारा रुपा लामाको उपचारका लागी सहयोग रकम हस्तान्तरण

प्रकाश मानव सेवा आश्रम द्धारा रुपा लामाको उपचारका लागी सहयोग रकम हस्तान्तरण

काठमाडौं । पछिल्ला समय फेसबुक टिकटक र युट्युव लगायत विभिन्न सामाजिक संजालहरुमा झांक्री गुरु भनेर चर्चामा आएका प्रकाश भुजेलले संचालन गरेको प्रकाश मानव आश्रमद्धारा रुपा लामाको स्वास्थ्य उपचारका लागी नगद रकम सहयोग गरेको छ ।

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५ का १८ बर्षीय रुपा लामा विगत लामो समय देखी बाथको कारण टाउकाको नशा सुकेर काठमाडौ स्थित नेपाल मेडिकल कलेजमा उपचाररत छिन। उनै रुपा लामाको उपचारका लागी मानव सेवा आश्रममा भक्तजनहरुबाट संकलीत र आफ्ना व्यक्तिगत सहयोग सहित साठी हजार रुपैयं नगद रकम अस्पतालमै पुगेर प्रकाश भुजेलले बिरामीको आफन्तलाई हस्तान्तरण गरेका हुन्।

नगद रकम हस्तान्तरण गर्न काठमाडौ स्थित नेपाल मेडिकल कलेज पुगेका भुजेलले रुपा लामालाई बेडमै पुगेर आफ्ना हातले छोएर केही बेर संवाद समेत गरेका थिए। उनले ति कलिला उमेरका छोरीलाई बचाउनका लागि देश विदेशमा रहेका नेपालीहरुलाई समेत आर्थिक सहयोगका लागी अनुरोध गरे।

भुजेलसंग भेटे संगै रुपा लामा बचाउ अभियानका संयोजक लालकाजी लामा तामाङले भने रुपा लामाको स्वस्थ्य अवस्था र घर परिवारको अवस्थाको बारेमा समेत जानकारी दिंदै प्रवासमा रहेका विभिन्न संघ संस्थाहरुको लागी सहयोगको निम्ति तयार पारेको चिठी दिनका लागि समेत कुनै पनि माध्यम नभएकोले मौखिक रुपमै मिडियामार्फत सहयोगको लागि अनुरोध गरेका थिए।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्