21.1 C
Kathmandu

कला/ साहित्यरोमान्चक अनि ठट्यौली गीत तुम्बक फोबा तजब्से भिडियो बन्यो यस्तो !

रोमान्चक अनि ठट्यौली गीत तुम्बक फोबा तजब्से भिडियो बन्यो यस्तो !

काठमाडौं । सायरा मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको रोमान्चक अनि ठट्यौली गीत तुम्बक फोबा तजब्से भिडियो सहित सार्बजनिक भएको छ । शनिबार सायरा मिडिया प्रोडक्सन युट्युव च्यानल मार्फत उक्त गीतको भिडियो सार्बजनिक गरिएको हो ।

पछिल्लो समय गीतसंगीत भन्ने बित्तिकै म्युजिक भिडियो अथवा भिजुअल अनिवार्य जस्तै भएको छ । यद्यपी कत्तिपय गीतहरु भने अडियो भर्सन नै रुचाइको पाईन्छ । झनै अहिले त म्युजिक भिडियोको अगाडी पछाडी र बिच भागमा समेत गीतको मर्म र कथा अनुसारको दृश्य समाबेस गर्नु एक खालको ट्रेण्ड नै बनेको छ । यस्तै खालको मनोरन्जनात्मक एवम् ठट्यौली पाराको गीत हो तुम्बक फोबा तजब्से । 

चर्चित हांस्य कलाकार कुईसाङ रुम्बाको शब्द रचना रहेको उक्त गीतमा सेलो गायक च्वाईस दोङ र रन्जिता घिसिङको आवाज रहेको छ भने भिडियो तर्फ अमिर दोङको निर्देशन तथा नरेन मोक्तानको कोरियोग्राफी रहेको छ । त्रिलोक लामाले छायांकन तथा सम्पादन गरेको यस गीतको भिडियोमा सन्जिव गोले, टिकराज लामा, सोनी गोले र रश्मिला तामाङलाई मुख्य भुमिकामा देख्न सकिनेछ भने कुईसाङ रुम्बा र पदम दोङको समेत अभिनय हेर्न पाउनेछ । भिडियोको अन्त भागमा गायक च्वाईस दोङ्को ईन्ट्रि र गीतको लिप्सिङ भाग समेत अत्यन्तै रचनात्मक रुपले प्रस्तुत गरेको पाईन्छ ।

समय समयमा तामाङ गीतसंगीतको बजारमा कहिले माया पिरतिका गीतहरु सार्बजनिक हुने गर्दछ भने कहिलेमौ लिक गीतहरु आउने गर्दछ । बेलाबेलामा व्यावसायीक तवरले विलकुलै मनोरन्जनात्मक ढंगले बनाईएका यस्ता खालका भिडियोहरुले भने पछिल्ला समय भिउअर्स केही हदसम्म बढि कमाईएको देखिन्छ । 

विभिन्न खालका भिडियोहरुमा देख्ने गरेका मोडल सन्जिव गोलेले यस अघि पनि यस्ता खालका डान्सिङ गीतहरुमा अभिनय गरिसकेका छन् । एला गोईलो, जन्ति लाई म्हान्जि, हेराई ज्यानमारा, याम्बुला लभ डांडा, ब्रेल्साङ लाई म्हान्जि जस्ता पछिल्ला पिडिंले समेत निक्कै रुचाईएका मनोरन्जनात्मक गीतहरुमा अभिनय गरिसकेका गोले सिन्धुपाल्चोकका हुन् । उनि सानै उमेर देखी डान्समा रुचि राख्ने गरेको बताउंछन् ।

त्यसै गरि अर्को मोडल टिकराज लामाले भने यस अघि नै आधा दर्जन भन्दा धेरै भिडियोमा अभिनय गरिसकेका छन् । यद्यपी डान्सिङ र रोमान्चक गीतमा भने उनको पहिलो अभिनय रहेको बताउंछन् । सिन्धुलीमा जन्मेका लामाले रानी, क्लाङ्सि टिला, सेम्जो जस्ता माया पिरतिको गीतहरुमा अभिनय गरिसकेका छन् ।

भिडियो हेर्नुहोस…

प्रतिक्रिया दिनुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्