22.1 C
Kathmandu

कला/ साहित्यककनीमा एक महिने थाङ्का कला तालिम सुरु

ककनीमा एक महिने थाङ्का कला तालिम सुरु

काठमाडौं ।नुवाकोटको ककनीमा थाङ्का कला तालिम सुरु भएको छ ।
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्का लेखन तालिम ककनीमा सुरु भएको छ ।


आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रम अन्तर्गतको थाङ्का तालिम पुष १२ गतेदेखि सुरु गरिएको हो । समितिका कार्यकारी निर्देशक होम दोङका अनुसार धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले तालिम ककनीमा आयोजना गरिएको बताए ।
कार्यकारी निर्देशक दोङले भने‚ ‘तालिममा सहभागीले आधारभुत सीप र ज्ञान सिक्न पाउनेछ । यो अवसरलाई सही सदुपयोग गरी सीप विकास गरेमा आर्थिक उपार्जनसँगै व्यवसायिकतामा अग्रसर हुन सकिन्छ ।’
आजको युगमा बौद्ध दर्शनसँग जोडिएको थाङ्काले व्यावसायिक रूपमा अघि बढ्न सहज हुने कार्यकारी निर्देशक दोङले बताए ।
यसै गरी तालिमका प्रशिक्षक छेवाङ लामाले हामी तालिम अवधिभर थाङ्का लेखन विधि‚ उत्पत्ति लगायतका विषयमा चर्चा र सीप सिक्ने बताए । उनले यस अविधभर अनुशासन र नियममा रही तालिम लिनुपर्ने बताए ।
उद्घाटन सत्रका सत्राध्यक्ष समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले पर्यटन प्रवर्द्धनसँगै ककनीमा सञ्चालन गरिएको तालिम सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । यसअघिका वर्षहरुमा संचालित तालिमहरु सफल र सीप आर्जनमा टेवा पुर्‍याउन सहयोग पुगेकोले यसलाई निरन्तरता दिन समिति अग्रसर भएको उनको भनाइ थियो ।
भएको बताउँदै सहभागीहरूले उत्साहपूर्वक सीप ज्ञान आर्जन गरेकोमा खुसी व्यक्त गरे ।

रामेछाप‚ ताप्लेजुङ‚ सोलुखुम्बु‚ खोटाङ‚ रसुवा‚ नवाकोट‚ इलाम‚ मकवानपुर‚ गोरखा लगायतका जिल्लाहरुबाट करिब डेढ दर्जनभन्दा बढीको सहभागी रहेका छन् ।
कार्यक्रममा तालिमका संयोजक सन्जु योङ्ग्या र सहसंयोजक लक्ष्मी रुम्बा लगायतको उपस्थिति रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्