25.1 C
Kathmandu

कला/ साहित्यनिर्मला ब्लोनको तामाङ महानायक अमिर दोङसंग सेम्ला देन्बा मायामा पहिलो इन्ट्री

निर्मला ब्लोनको तामाङ महानायक अमिर दोङसंग सेम्ला देन्बा मायामा पहिलो इन्ट्री

काठमाडौं । पछिल्ला समय तामाङ गीतसंगीतको म्युजिक भिडियो निर्माण गर्ने क्रम ह्वात्तै बडेको देखिन्छ ।म्युजिक भिडियो उत्पादन बडेसंगै मोडलिङ क्षेत्रमा नयां अनुहारहरु पनि देख्न थालेका छन भने केही पुराना अनुहारहरु पनि निरन्तर देख्ने गरेका छन ।

लकडाउन यत्ता भने तामाङ गीतका म्युजिक भिडियो निर्माणमा केही उत्पादन कम्पनिहरु संगै कलाकारहरु समेत व्यक्तिगत रुपमा म्युजिक भिडियो बनाउन लागेका छन् । अत्याधिक मात्रामा म्युजिक भिडियो तथा चलचित्र उत्पादन गर्ने तामाङ सुपर स्टार डम्फु मिडिया प्रा.लि. लगायत अन्य केही कम्पनिहरु पनि म्युजिक भिडियो बनाउन अग्रसर देखिन्छ । यसै क्रममा केही दिन अघि मात्रा ल्हास्सो म्युजिक च्यानलमार्फत तामाङ प्रेमगीत सेम्ला देन्बा माया सार्बजनिक भएको छ । यसै गीतको भिडियो मार्फत नव मोडल निर्मला ब्लोनले तामाङ गीतसंगीतको मोडलिङमा ईन्ट्री पाएका छन् । 

तामाङ चलचित्र जगतका महानायकद्धय अमिर दोङसंग मोडलिङ छेत्रमा डेब्यू गरेकी निर्मला ब्लोन  मकवानपुर हेटौंडाका हुन् । पहिलो पटक क्यामेरा अगाडी उभेका ब्लोनले दोङ आफ्नै निर्देशनमा आफैसंग खेलेका ब्लोनको अभिनय हेर्दा मोडलिङ क्षेत्रमा अगाडि बड्न निक्कै सम्भावना रहेको महानायक दोङले बताए ।

सेम्ला देन्बा माया गीतका शब्द रचनकार लालध्वोज तामाङ रहेका छन् भने संगीत देवन सिं जिम्बाको रहेको छ। गीतमा आवाज चर्चित गायीका सुमिना लो र देवन सिं जिम्बाको रहेको छ । यस गीतको अडियो एरेन्ज फनिन्द्र राईले गरेका हुन् भने मिक्सिङ सुमन खड्काले गरेका हुन् । 

भिडियो तर्फ महानायक दोङको निर्देशनमा दोङसंगै निर्मला ब्लोनले अभिनय गरेका छन् । भिडियो छायांकन तथा सम्पादन त्रिलोक लामाले गरेका हुन् । 

भिडियो हेर्नुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्