19.1 C
Kathmandu

कला/ साहित्यल्होछार गीतको खडेरी लागेको बेलामा 'दिङ्गीला ल्होछार' भिडियो सहित बजारमा

ल्होछार गीतको खडेरी लागेको बेलामा ‘दिङ्गीला ल्होछार’ भिडियो सहित बजारमा

काठमाडौ । तामाङ गीतसंगीतको बजारमा दिनहु जस्तै विभिन्न खालका गीतसंगीत, म्युजिक भिडियोहरु सार्बजनिक हुने गरेको पाईन्छ । अझ भनौं कहिले काहि त दिनकै थुप्रै गीतहरु विभिन्न च्यानलमार्फत डिजिटल बजारमा सार्बजनिक हुने गरेको पाईन्छ । यो तामाङ गीत संगीतको क्षेत्रमा निक्कै सकरात्मक परिवर्तन र प्रगतिको रुपमा लिने गर्दछन् । तर तामाङ समुदायका राष्ट्रिय पर्वको रुपमा लिंदै र मान्दै आएको सोनाम ल्होछार आउन केही दिन मात्रै बांकि रहंदा समेत केही म्युजिक भिडियो र केही सिमित अडियो गीत मात्र बजारमा आउनु दुखद कुरा रहेको छ ।

यसै क्रममा सोमबार ल्होछारसंग सम्बन्धित गीत दिङगीला ल्होछार भिडियो सहित सार्बजनिक भएको छ । सोमबार स्वयम्भुस्थित तामाङ कुतापमा पूर्वमन्त्री परशुराम तामाङको प्रमुख आतिथ्यातामा उक्त गीतको भिडियो लोकार्पण गरिएको हो । भिडियो सार्बजनिक कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ घेदुुङका अध्यक्ष मोहन गोले, ताम्सालिङ संघर्ष समितिका आर्थिक संयोजक बाबुराम लोप्चन, चर्चित कलाकार बुद्धि तामाङको साथमा बुद्धि तामाङकै निर्दैशन रहेको नाटक मासिन्याको सिंगो टिमको समेत उपस्थिति रहेका थिए ।

गीतको शब्द सोनम बज्यु र फूलकुमार बम्जनको रहेको छ भने संगीत/एरेन्ज सोनम बज्युको रहेको छ । गीतमा सुमधुर आवाज भने सोनम बज्यु, , फूल कुमार बम्जन, सोनाम लामा, रेश्मा बम्जन र सुमिना लो को रहेको छ । भिडियो तर्फ भने सोनम बज्युको परिकल्पना तथा निर्देशनमा मिलन थिङ पाराङ, सन्जु थलाङ लिम्बू, कृष्मा वाइबा, सोनम मोक्तान, लगायतले मुख्य अभिनय गरेको देखिन्छ । बुद्ध तितङुले नृत्य निर्देशन गरेको भिडियो छायांकन तथा सम्पादन भिम बहादुर तामाङले गरेका हुन् ।

भिडियोको सुरुवाती चरणमा लाहुरे सहित गाउँमा चर्च खोज्दै आएका केही युवा युवतीलाई ल्होछार मेला अवलोकनको लागी स्थानीयवासीले अनुरोध गरेपश्चात चर्चमा नगएर ल्होछार मेलामा पुगेका युवायुवतीले ति स्थानियलाई उनिहरुले छोडेका र बिर्सेका संस्कार, संस्कृति र पर्वको अवलोकन गर्ने अवसर दिएकोमा धन्यवाद समेत व्यक्त गरेको देखिन्छ ।

भिडियो हेर्नुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्