25.1 C
Kathmandu

कला/ साहित्यम्हेन्दोमाया कलाकार संघको आयोजनामा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

म्हेन्दोमाया कलाकार संघको आयोजनामा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । मञ्जुश्री संवत २८६० औं सोनाम ल्होछार (डुक ल्हो) को अवसरमा म्हेन्दोमाया कलाकार संघ केन्द्रीय कार्यसमितिको आयोजनामा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ । शनिबार काठमाडौं स्थित गोलढुङ्गा फुटबल ग्राउण्डमा सम्पन्न ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा उपत्यका भित्र र उपत्यका आसपासबाट समेत ल्होछार मेला भर्नेको घुईचो नै लागेका थिए ।

बागमति प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रभावशाली नेता माननीय प्रभात लामा तामाङको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा, विशेष अतिथि तारकेश्वर नगरपालिका काठमाणडौका नगर प्रमुख कृष्णहरि महर्जन, उपप्रमूख श्रृजना बुर्लाकोटी अर्याल रहेका थिए भने अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका साथै संघका सल्लाहकारहरु समेत रहेका थिए ।

कार्यक्रममा सांगीतिक प्रस्तुतीका लागी थुप्रै चर्चित कलाकारहरु शनिबार गोलढुङ्गा पुगेका थिए भने स्थानीय कलाकारहरुको समेत संगीतिक प्रस्तुति रहेका थिए । विशेष गरि रसुवा, नुवाकोट र घादिङ क्षेत्रका मौलीक भाका म्हेन्दोमाया, झाँकी लगायत अन्य मौलीक गीत र नाचहरु प्रदर्शन गरिएका थिए । कार्यक्रममा उपस्थिति दर्शकको संख्या, कार्यक्रम व्यवस्थापन र कार्यक्रमको औपचारिक तथा अनौपचारिक दुवै पक्षको समापन हेरिदा अहिले सम्मकै उत्कृस्ट रुपमा कार्यक्रम सम्पन्न भएको म्हेन्दोमाया कलकार संघका केन्द्रय अध्यक्ष आरम्भ तामाङले बताए ।

कार्यक्रम भव्यताका साथ सम्पन्न पार्नक निमित्त हरेक तवरले साथ सहयोग पुर्‍याउने प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, कलाकार लगायत देशविदेश बाट समेत सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामि बर्षहरुमा समेत अझ उत्कृस्ट ढंगले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता समेत तामाङले जनाए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्