17.1 C
Kathmandu

कला/ साहित्यअमेरिकाको टेक्ससमा सोनाम ल्होछार तथा वृहत सांस्कृतिक कार्यक्रमको तयारी

अमेरिकाको टेक्ससमा सोनाम ल्होछार तथा वृहत सांस्कृतिक कार्यक्रमको तयारी

काठमाडौं । क्षेत्रफल र जनसङ्ख्याको आधारमा संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो राज्यको रुपमा चिनिएको टेक्सस राज्य स्थित डालास शहरमा मञ्जुश्री संवत २८६० औं सोनाम ल्होछार (डुक-ल्हो) को अवसर पारेर सोनाम ल्होछार तथा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।



सोसाईटीको हालै  बसेको बैठकले ल्होछार तथा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने र कार्यक्रम हुने मिति/स्थान समेत तय गरिएको छ। तामाङ सोसाइटी अफ टेक्ससको आयोजनामा सोनाम ल्होछार साँझ २०२४ फ्रेब्रुअरी १० मा हुने भएको छ । स्टार बैंक्युटमा फेब्रुअरी १० मा हुने कार्यक्रमको लागी यत्ति बेला टेक्ससवासी तामाङहरु कार्यक्रमको प्रचारमा जुटेको देखिन्छ । अमेरिकाकै दश ठुला शहरको रुपमा चिनिएको डालसमा सोनाम ल्होछार तथा वृहत सांस्कृतिक कार्यक्रममा संगीतिक प्रस्तुतिका लागी चर्चित सेलो गायीका शशिकला मोक्तान, गायक हेम वाईबाको उपस्थित रहने छन् भने छिरिङ लामा, रजनी योञ्जन लगायत स्थानीय कलाकारको समेत बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

“हामी जहां जान्छौं, हाम्रो भाषा पनि हामी संगसंगै जान्छ । भाषा संगसंगै हाम्रो संस्कृति पनि हामीसंगै जान्छ । भाषा र संस्कृतिसंग हाम्रो कला र साहित्य छुट्टिने कुरै भएन । त्यसैले देश छोडेर हामी प्रवासमा बस्दा पनि हाम्रो कला र साहित्य पनि हामी संगसंगै आएको हुन्छ । तसर्थ ती भाषा, साहित्य, कला र संस्कृति जोगाउने र हुर्काउने जिम्मा हाम्रै हो । त्यसैले कला र साहित्य धेरै उत्पादक विषय नभए पनि त्यसको जर्गेनाका लागि हामी लागिपरेका छौं ।” लामो समय देखि टेक्सस बस्दै आएका तामाङ सोसाइटी अफ टेक्ससका कार्यसमिति सदस्य सागर तामाङले बताए बताए ।

पछिल्ला समय प्रवासमा तामाङहरुको संघ संस्थाहरु बढे संगै समुदायसंग सम्बन्धित अन्य गतिविधिहरु समेत बढेका छन् । तसर्थ ल्होछारको अवसर पारेर अन्य विभिन्न देशहरुमा समेत यस्ता कार्यक्रमहरु आयोजना हुंदै आएको देखिन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्