16.1 C
Kathmandu

कला/ साहित्यपेमा लामा योञ्जनको तामाङ चलचित्र 'नाना आङा' काठमाडौंमा विशेष प्रदर्शनको तयारी

पेमा लामा योञ्जनको तामाङ चलचित्र ‘नाना आङा’ काठमाडौंमा विशेष प्रदर्शनको तयारी

काठमाडौं । जिम्बा फिल्मस् प्रोडक्सनको १२ औं प्रस्तुती पेमा लामा योञ्जनको तामाङ भाषाको चलचित्र नाना आङा काठमाडौंमा विशेष प्रदर्शन हुने भएको छ । काठमाडौं चावहिल स्थित चलचित्र विकास बोर्डमा माघ २० गते शनिबार ११ बजे उक्त चलचित्रको विशेष प्रदर्शनको तयारी रहेको चलचित्रका निर्माता पेमा लामा योञ्जनले नमोबुद्ध न्युजलाई बताए ।

चलचित्रका निर्माताद्धय योञ्जनको अनुसार मकवानपुर जिल्लाको हेटौंडामा असार ९ गते प्रिमियर प्रदर्शन गरिएको तामाङ भाषाको चलचित्र नाना आङा यस अघि काभ्रे पलाञ्चोक जिल्लाको बनेपामा असार ३० गते भव्यताका साथ दोस्रो पटक प्रदर्शन सम्पन्न भएका थिए । त्यसै गरि भाद्र १६ गते हेटौंडाको ओम्याक्स् हलमा पुःन प्रदर्शन गरेका थिए । काभ्रे र हेटौंडावासी तामाङ चलचित्र प्रेमी महानुभावहरुको सन्तोषजनक माया पाएका उक्त चलचित्रको पाँचौ प्रदर्शन सर्लाही स्थित हरिवनमा कार्तिक २२ र २३ गते प्रदर्शन गरेका थिए । हेटौंडा, काभ्रे र सर्लाहीमा समेत सफलतापूर्वक प्रदर्शन सम्पन्न उक्त चलचित्रको अब यही माघ २० गते शनिबार हुने विशेष प्रदर्शन भने छैटौं प्रदर्शन रहनेछ ।

एक पछि अर्को गर्दै निरन्तर रुपमा लामो समय देखी नेपाली तथा तामाङ चलचित्रहरुमा निर्देशन गर्दै आएका निमा लामा तामाङको निर्देशनमा बनेको उक्त चलचित्रको निर्माता पेमा लामा योञ्जन रहेको छ भने सह निर्माता मिन कुमार वाईबा रहेको छ । चलचित्रमा नायकको रुपमा जय स्याङतान, सिताराम गोलेलाई उभ्याएको छ भने नायिकाको रुपमा कल्पना वाईबा, करिशा वाईबालाई मुख्य भुमिकामा प्रस्तुत गरेको देखिन्छ । चलचित्रमा कलाकारहरु माया घलान, सुनलाल वाईबा, राज कुमार स्याङ्तान, पेमा लामा योञ्जन, सुदिप कोब्रा लगायत अन्य थुप्रै कलाकारहरुको समेत अभिनय रहेको छ । यत्ति बेला चलचित्रको सिङ्गो टिम माघ २० गते केन्द्रित रही विभिन्न माध्यमबाट प्रचार प्रसारमा जुटेको देखिन्छ । यस अघि निक्कै राम्रा चलचित्रहरु दर्शकहरुमाझ ल्याईसकेका यो टिमले यस पटक काठमाडौंमा भने दर्शकहरुको साथ र माया के कत्ति पाउने हुन् भन्ने कुराको लागी भने माघ २० गते नै कुर्नुपर्ने देखिन्छ ।

कार्यक्रमको प्रमुख अतिथी नेपाल गलैचा निकासी मञ्चको केन्द्रिय सदस्य तथा नेपाली कांग्रेसका बागमती प्रदेश कमिटि सदस्य ङिङ्मा जङ्बो शेर्पा रहनेछ ।

यस्तो छ चलचित्रको टिजर

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्