18.1 C
Kathmandu

कला/ साहित्यपोखरामा सम्पन्न तामाङ सेलो नृत्य प्रतियोगिताको विजेता बने मन्जु श्री बौद्ध समाज...

पोखरामा सम्पन्न तामाङ सेलो नृत्य प्रतियोगिताको विजेता बने मन्जु श्री बौद्ध समाज समुह

(रजनि स्याङ्बो तामाङ- पोखरा)

काठमाडौं । नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिको आयोजनामा पोखरामा पहिलो संस्करणको ‘खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता’ सम्पन्न भएको छ।

मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ग) को अवसरमा आज माघ ६ गते (शनिबार) न्यूरोडस्थित सिटी स्क्वायरमा खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको हो।

उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननिय सांसद पार्वति तामाङ रहेका थिए । खुल्ला तामाङ नृत्य प्रतियोगितामा ८ वटा टिमले सहभागिताका लागि दर्ता गरेका थिए । आठ टिम मध्ये उत्कृष्ट नृत्य प्रस्तुतिमा ५००० हजार पुरुस्कार र प्रमाण पत्र निकेस गुरुङले हात पारेका थिए । प्रतियोगिताको विजेता मन्जु श्री बौद्ध समाज समूहले १९७ अङ्क प्राप्त भई प्रथम स्थान हात पार्न सफल भएका छन् । उक्त समाजले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । 
 
त्यस्तै १८८.५ अङक प्राप्त गरि दिप ज्योति कला केन्द्रले द्वित्तिय स्थान हांसिल गरेका छन ।उक्त समुहले नगद रु २५ हजार, ट्रफि र प्रमाण पत्र हात परेका छन् भने तृतीय हुने समुहले १७७.५ अङक प्राप्त गरि तेस्रो श्रेणिमा पुगि नगद रु १५ हजार साथमा ट्रफी र प्रमाणपत्र हात परेका छन् । त्यस्तै १६२.५ अङ्क प्राप्त गरेका पुर्णिमा कला केन्द्र सान्त्वना स्थानमा पुगि नगद रु १० हजार साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।
 
कार्यक्रमका संयोजक जसपाल पाख्रिनले तामाङ समुदायको संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको बताए । उक्त प्रतियोगितामा तामाङ समुदाय मात्र नभएर अन्य समुदायका भाईबबिनीहरुले पनि भाग लिएका थिए, तर पोशाक र गीत भने तामाङ सेलोमा आधारित थिए ।
 
सो प्रतियोगिताको निर्णायकमा जसु गुरुङ, सुवास राई र अमन तामाङ रहेका थिए । भने गायक विश्व दोङ तामाङ र लक्ष्मी डिम्डुङ तामाङले सांगीतिक प्रस्तुती राखेका थिए । गायिका लक्ष्मी डिमडुङले सेलो र म्हेम्दोमाया भाका गितका प्रस्तुतिले मन्च तताएकी थिईन् त्यसैगरि चर्चित गायक विश्व दोङले तामाङ सेलो प्रख्यात गितहरु प्रस्तुत गरि दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।

नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिको अध्यक्ष राम बहादुर ब्लोन (शिवु) तामाङ र कोषअध्यक्ष उक्त कार्यक्रमका संयोजक जसपाल पाख्रिनको सक्रियताले उक्त कार्यक्रम सफल्ता पुर्वक सम्पन्न भएको हो । कार्यक्रमको औपचारिक चरण समापन घोषणा सोहि कार्यक्रमका सभाध्यक्ष राम बहादुर ब्लोन शिवु तामाङले गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्