19.1 C
Kathmandu

कला/ साहित्यम्हेन्दोमाया कलाकार संघको आयोजनामा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम हुने

म्हेन्दोमाया कलाकार संघको आयोजनामा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम हुने

(माया थोकर)

काठमाडौ । “म्हेन्दोमाया कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि” भन्ने मुल नाराका साथ तामाङ जातिको महान पर्व सोनाम ल्होछार मन्जुश्री सम्वत २८६० औ डुक ल्होको पावन अवसरमा म्हेन्दोमाया कलाकार संघद्वारा “शुभकामना आदान-प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम-२०८०,” माघ १३ गते शनिबारका दिन काठमाडौं तार्केस्वरमा अवस्थित गोलढुङ्गा फुटबल ग्राउन्डमा बिहान ११ बजेदेखि आयोजना हुने भएको छ ।

यस कार्यक्रममा डोगा नाच, बोम्बो नाच, त नाच, लामा नाच, जोगी नाच, स्याब्रु नाच, सेलो तथा म्हेन्दोमाया कलाकारहरुको बेजोड प्रस्तुति एकै ठाँउमा हुने भएको छ ।

कार्यक्रममा रसुवा, धादिङ, नुवाकोटका मौलिक भाका र नाच विशेष हुने हुँदा पश्चिमेली संस्कृतिका परिकारहरु देख्न सकिन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्