22.1 C
Kathmandu

कला/ साहित्यपोखरामा खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता हुँदै

पोखरामा खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता हुँदै

(माया थोकर)

काठमाडौ | नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ग) को अवसरमा आगामी ६ गते (शनिबार) न्यूरोड स्थित सिटी स्क्वायरमा खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक जसपाल पाख्रिन तामाङले जानकारी दिएका हुन । 

उनले हालसम्म २० टिमले दर्ता गरिसकेको बताउदै आगामी शनिबार बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिने बताए । उनका अनुसार सो प्रतियोगिताको विजेता समूहले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वित्तिय हुने समूहले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । तृतीय हुने टिमले नगद रु १५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजार ट्रफीसहित प्रमाणपत्र प्रदान गरिने बताए । 
उनले तामाङ समुदायको संस्कृतिलाई संरक्षण, संर्बधन र प्रवर्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउदै प्रतियोगितामा तामाङ समुदाय बाहेक अन्य समुदायका नृत्य समूहले पनि सहभागिता जनाउन पाउने तामाङले बताए ।

 
यो प्रतियोगिता हामीले हाम्रो संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित आयोजना गरेका हौं । त्यसैले तामाङ समुदाय मात्र नभएर अन्य समुदायबाट पनि भाग लिन पाउनुहुनेछ भने तर पोशाक र गीत भने तामाङ सेलोमा आधारित हुनुपर्ने बताएका छन् । सो प्रतियोगिताको निर्णायकमा जसु गुरुङ, सुवास राई र अमन तामाङ रहने छन् भने गायक विश्व दोङ तामाङ र लक्ष्मी डिम्डुङ तामाङले सांगीतिक प्रस्तुत रहने आयोजकले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्