22.1 C
Kathmandu

कला/ साहित्यनेता, गुन्डा र प्रहरीबिचको कथा बुलेट बाईक-२ सार्बजनिक गर्ने तयारी

नेता, गुन्डा र प्रहरीबिचको कथा बुलेट बाईक-२ सार्बजनिक गर्ने तयारी

काठमाडौं । समसामयिक घटना र बिषय वस्तुलाई आधार मानेर तयार पारिएको म्युजिक भिडियो बुलेट बाईक-२ सार्बजनिक गर्ने तयारी रहेको छ । यस अघि केही म्युजिक भिडियोहरुमा मोडलको रुपमा देखा परेको निल कुमार तामाङ (टेण्डर लामा) को निर्देशनमा बनेको उक्त भिडियो सार्बजनिक हुने तयारी रहेको टेण्डर लामाले जानकारी दिएको हो ।

समाजमा बेलाबेलामा घटिरहेका घटनाहरुलाई आधार मानेर भिडियो तयार पारेको लामाले बताए । उनका अनुसार हत्या हिम्सा, बलात्कार, नेता तथा मन्त्रीको छोराको खुलेआम् दादागिरि संगै प्रहरीको मिलोमतो लगायतका प्रतिनिधिमुलक दृश्यलाई समेत भिडियो मार्फत देखाउने जमर्को गरेको टेण्डर लामाले नमोबुद्ध न्युजलाई जानकारी दिए ।

भिडियोमा तामाङ चलचित्रका महानायक अमिर दोङ, याङ्गी दोङ, निल कुमार तामाङ (टेण्डर लामा), कुईसाङ रुम्बा, राजन तामाङ, लाक्पा डि तामाङ, काईरा तामाङ, बिनिता तामाङ, बिक्रम तामाङ लगायतका कलाकारहरुको अभिनय हेर्न पाउनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्