19.1 C
Kathmandu

समाचारयुवा संघ नेपालको सामाजिक सेवा विभाग रासन र न्यानो कपडा लिएर पुगे...

युवा संघ नेपालको सामाजिक सेवा विभाग रासन र न्यानो कपडा लिएर पुगे वृद्धाश्रम

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल अन्तर्गत केन्द्रि सामाजिक सेवा विभाग बुधवार रासन र न्यानो कपडा लिएर वृद्धाश्रम पुगेको छ । विभागले मानव कल्याण समाजद्धारा सन्चालित वृद्धाश्रममा जाडोको समयलाई मध्यनजर राखेर न्यानो कपडा सहित खाद्य सामाग्री वितरण गरेका हुन ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेबेको प्रमुख अतिथि, उपाध्यक्ष कृष्ण केसीको विशेष अतिथिमा सम्पन्न सामाग्री वितरण कार्यक्रमको अध्यक्षता केन्द्रिय सामाजिक सेवा विभागका उप प्रमुख तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य लालकाजि लामा तामाङले गरेका थिए । बुधवार चांगुनारायण नगरपालिका वडा नं ३ झौखेल स्थित वृद्धाश्रममा न्यानो लत्ता कपडा सहित खाद्य सामाग्री वितरण कार्यक्रम केन्द्रिय सामाजिक सेवा विभाग प्रमुख विनोद राईले सन्चालन गरेका थिए ।

कार्यक्रममा रुपेस श्रेष्ठ, निर्वाचन उपप्रमुख युवराज थापा, समारोह व्यवस्थापन विभाग उप प्रमुख किरण लामिछाने, खेलकुद विभाग उप प्रमुख रन्जु राई, अनुपमा राई, डिल्लि लिङ्देन, राजु चेम्जोङ, विरेन्द्र भट्ट, दिनेश गज्मर, युथफोर्स उपप्रमुख मिशन राई, सुजन घिमिरे, विजय दोङ, राज लामा, ज्याक्की लामा, मेघ लामा, रुपक मगर लगायत अन्य युवा नेताहरुको समेत उपस्थिति रहेका थिए ।

विभाग उप प्रमुख लालकाजी लामा तामाङको अनुसार वृद्धाश्रममा जिरा मसिना चामल २२ बोरा, २० थान ब्लाङ्केट, २५ थान लागाउने हुडि (स्विटर) वितरण गरेको बताए । उनका उनुसार सामाजिक सेवा विभागले यस अघि संचालन गरेका सामाजिक अभियानलाई निरन्तरता दिॅदै हर बखत समाजप्रति उत्तरदायी रहेर अबका दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्दै जाने बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्