18.1 C
Kathmandu

कला/ साहित्यमिङ्मा योन्जनको निर्देशनमा बाबुराम लामाको ए ग्याम थारेङ म्युजिक भिडियो सार्बजनिक

मिङ्मा योन्जनको निर्देशनमा बाबुराम लामाको ए ग्याम थारेङ म्युजिक भिडियो सार्बजनिक

काठमाडौं । तामाङ गीतसंगीतको बजारमा विभिन्न खालका गीत अनि म्युजिक भिडियोहरु दिनानु दिन जस्तै सार्बजनिक हुने गरेका छन् । यसै क्रममा शुक्रबार भक्तपुर पाण्डु बजार स्थित तोङ्बा स्टेशनमा एक कार्यक्रमका बिच बाबुराम लामा मोक्तानको तामाङ प्रेम गीत ए ग्याम थारेङ भिडियो सहित सार्बजनिक भएको छ ।

नेपाली मुलधारको गीतसंगीतको क्षेत्रमा गजलहरु पर्याप्त मात्रामा रेकर्ड भएर बजार लिईरहेको अवस्थामा तामाङ गीतसंगीतमा भने गजल न्युन संख्यामा रेकर्ड हुने गरेको छ । बिगत लामाो समय देखी विभिन्न खालका माया पिरती, सेलो गीत र परिवर्तनका गीतहरुमा आफ्ना कलम चलाउने गरेको चर्चित गीतकार कुमार स्याङ्बा तामाङको शब्दमा पहिलो पटक तामाङ भाषाको गजल ए ग्याम थारेङ वियोगान्दको गजल सार्बजनिक भएको गीतकार कुमार स्याङ्बाले बताए ।

लामो समयदेखी गीतसंगीतमा आफ्नो बर्चस्व जमाउन सफल गायक तथा संगीतकार निमा दोङको संगीत रहेको यस गीतमा सुमधुर आवाजका धनि गायक बाबुराम लामा मोक्तानको आवाज रहेको छ भने भिडियो तर्फसंचारकर्मी मिङ्मा योन्जनको निर्देशन रहेको छ । योन्जन सानै उमेरदेखी न्रित्य क्षेत्रमा लागेका व्यक्ति हुन् । उनले यस अघि पनि केही म्युजिक भिडियोहरुमा निर्देशन गर्नुका साथै एक तामाङ चलचित्रमा समेत निर्देशन गरिसकेका छन् । तामाङ पत्रकार संघ भक्तपुरका कार्यसमिति सदस्य समेत रहेका उनि जिक्तेन मिडियामका संचालक पनि हुन् । उनि अहिले नमोबुद्ध न्यूजमा समेत आबद्ध भएर संचार क्षेत्रमा पनि उत्तिकै सक्रिय रुपमा लागेको देखिन्छ । 

राष्ट्रिय तामाङ घेदुङ्का महासचिव प्रविन कुमार बलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त म्युजिक भिडियो सार्बजनिक तथा पत्रकार सम्मेलनमा विशेष अतिथिको रुपमा नेपाल तामाङ घेदुङका संघीय सदस्य तथा भाषा, लिपि, साहित्य विभाग प्रमुख हिरलाल दोङ, ह्याङ्ला तामाङ समाज भक्तपुरका संस्थापक अध्यक्ष कुमारी मोक्तान, प्रेम मोक्तान, प्रशिक्षक विकासदेव योन्जन, तामाङ पत्रकार संघ भक्तपुरका पूर्ब अध्यक्ष तथा संघीय सदस्य सुदिन दोङ, तामाङ चलचित्र संघ नेपालका केन्द्रिय सदस्य तथा गीतकार ज्ञान्दास तामाङ लगायत अन्य कलाकारहरु समेत अतिथिको रुपमा रहेका थिए ।

गायकद्धय बाबुराम लामा मोक्तान, नायक तथा गायक प्रबिन्स मोक्तान र अपेक्षा बोहराको अभिनय रहेको यो गीतको शब्द, अडियो र भिडियो पक्षको सबै अतिथिहरुले खुलेरै प्रशंसा गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गायक बाबुराम लामा मोक्तानले गरेका थिए भने स्वागत मन्तव्य गायक एवम् नायक प्रबिन्स मोक्तानले राखेका थिए ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्