19.1 C
Kathmandu

कला/ साहित्यगोली चल्यो….

गोली चल्यो….


गोली चल्यो….

देशको लागि त एउटा बेरोजगार घट्यो।
नेतालाई गाली गर्ने स्वर मेटियो।
अधिकारका लागि उठ्ने आवाजको
कोपिला चुडियो।
प्रतिस्पर्धीका लागि एउटा
कोटा खाली भयो।

ऊ ढल्यो।
सुन्दर सपनाको खोजीमा
देशमा भविष्य नदेखेर
विदेशिने सपनाको रोजीमा।

बाआमाको आशाको त्यान्द्रो च्यातियो।
भाईहरुको रङ्गीन सपना मधुर भयो।
दिदीबहिनीको माइती रित्तियो।
संगै जीवन बिताउला भन्ने सोचेको
प्रेमिकाको वाचा सकियो।
घरको जग भाँचियो।
कहिलै नउठ्ने गरी
परिवारको भरोसा सकियो।
वर्षौसम्मको खुसी रोकियो।।
जनयुद्ध गरेर देश परिवर्तन गर्छु भन्ने धाक त दिए।
रोजगार दिन सक्ने हिम्मत छैन।
स्वदेशमै केही गरेर
जिविका गर्ने अवस्था त बनाएनन् बनाएनन
विदेश जानदेऊ न जान्छु भन्दा
छातीमा गोली चल्यो….

खै कस्तो भो यो देश,
जहाँ बस्न खोज्दा नि मार्छ
छोड्न खोज्दा नि मार्छ …..!

मृतकप्रति हार्दिक श्रद्धाञ्जली ….!सोकाकुल परिवारजन प्रती धैर्य धारण गर्ने शक्ति मिलोस 😢💔

प्रशान्त लामा (नमोबुद्ध -५)

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्