21.1 C
Kathmandu

कला/ साहित्यच्वाईस दोङको तामाङ सेलो गीत तुम्बाक फोबा तजब्से म्युजिक भिडियो छायांकन सम्पन्न ।

च्वाईस दोङको तामाङ सेलो गीत तुम्बाक फोबा तजब्से म्युजिक भिडियो छायांकन सम्पन्न ।

काठमाडौं । प्रायजसो ठट्यौली शैलीका गीतहरु गाउने र संगीत समेत आफै गर्ने गरेका सेलो गायक तथा संगीतकार च्वाईस दोङको  तामाङ सेलो गीत तुम्बाक फोपा तजाब्से म्युजिक भिडियो बुधबार छायांकन सम्पन्नभएको छ।

तामाङ चलचित्रमा मात्र नभएर मुलधारका चलचित्र र टेलीसिरियलहरुमा समेत अभिनय गरिसकेका हांस्यकलाकार कुईसाङ रुम्बाको शब्द रचना रहेको उक्त गीतमा च्वाईस दोङले संगीत गरेका हुन । काभ्रे रोशीमा जन्मेका गायक तथा संगीतकार दोङले यस अघि ज्योल्लम जन्तिरी, जन्ति लाई म्हान्जि, मखमलि आङरे, म्लाङ्गै ग्राम्बा, ओत्थेबला पिर, २२ तले धरहरा, मालाला सिजन सुई निजि, छार्बा ङा ब्योन, जन्ति लाईले यार जस्ता अन्य थुप्रै ठट्यौली खालका सेलो दोहोरी गीतहरु मार्फत उनले तामाङ सेलो गीत संगीतको आकाशमा केही हिस्सा ओगट्न सफल भएको देखिन्छ । 

यस अघि पत्रकार ऋषि धमला र काजु बदामसंग सम्बन्धित काजुला जुस बोलको गीत बजारमा आए पस्चात निक्कै चर्चा संगै उनि केही कन्ट्रोभर्सीमा समेत परेका थिए । पछिल्ला समय तामाङ कथानक चलचित्र भर आरे जिन्दगीला(बुर्गान जोडी) बोलको गीतमा संगीत समेत गरेका दोङले पछिल्ला समय ठट्यौली गीतहरुमा मात्र नभएर बुर्गान जोडी दस्तो सबैले रुचाईएका प्रेम गीतहरुमा पनि संगीत गर्न सक्ने रहेछ भन्ने समेत उनले प्रमाणित गरेको छ ।

बुधबार छायांकन सम्पन्न भएको तुम्बाक फोबा तजाब्से बिलकुलै मनोरन्जन र ब्यवसायीक म्युजिक भिडियो बन्ने कुरा समेत भिडियोका निर्देशक एवम् तामाङ चलचित्रका महानायक अमिर दोङले बताए । च्वाईस दोङ र रञ्जिता घिसिङको आवाज रहेको यो गीत झट्ट सुन्दा ठट्यौली पाराको सुनिए पनि भिडियो मार्फत अझ तिखार्दै भरपुर मनोरन्जन दिने तयारी समेत रहेको उनले बताए ।

तामाङ चलचित्रका महानायक अमिर दोङको निर्देशन रहेको यस गीतको भिडियोमा मोडल सञ्जिब गोले, टिकाराज तामाङ, रस्मिला वाइवा र सोनी गोलेको अभिनय रहेको छ भने । कुईसाङ रुम्बा र पदम दोङको समेत अभिनय हेर्न सकिनेछ । 

भिडियोको कोरियाग्राफी नरेन्द्र मोक्तानले गरेका हुन भने छायांकन त्रिलोक लामाले गरेका हुन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्