19.1 C
Kathmandu

कला/ साहित्यतामाङ चलचित्र संघको महाधिवेशन सम्पन्न, अध्यक्षमा पुनः कुमार मोक्तान

तामाङ चलचित्र संघको महाधिवेशन सम्पन्न, अध्यक्षमा पुनः कुमार मोक्तान

काठमाडौं । तामाङ चलचित्र संघ नेपालको १४ औं वार्षिक साधारण सभा तथा ७ औं महाधिवशन भव्यताका साथ सम्पन्न भएको छ । शनिबार जोरपाटी स्थित याङरीमा हिलसिटी होटलमा बागमती प्रदेशका पूर्वसभामुख तथा प्रदेशसभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त महाधिवेशनबाट तामाङ चलचित्र संघ नेपालको अध्यक्षमा पुनः नायक कुमार मोक्तानलाई सर्वसहमत रुपमा अध्यक्ष पदको लागी निर्वाचित गरेका हुन् ।

”ह्याङला फिल्म ह्याङ्ला ह्वाई, सक्से ज्याबा ह्याङ्ला ग्योई” भन्ने मूल नाराका साथ सम्पन्न १४ औं बार्षिक साधारण सभा तथा ७ औं महाधिवेशनबाट अध्यक्षमा कुमार मोक्तान, वरिष्ठ उपाध्यक्षमा दिपक तामाङ लामा, उपाध्यक्षमा अमर लामा, सुनिता लुङबा, विनायक तामाङ, महासचिवमा ऋतुराज पाख्रिन, सचिवकम उतर लामा (संगुल), कोषाध्यक्षमा जोगलाल लामा, सह–कोषाध्यक्षमा सुनिता दोङ तामाङ, सदस्यहरुमा मायादेवी मोक्तान, सुस्मा मोक्तान, बुद्ध तामाङ, दिपक तामाङ स्याङतान, कुइसाङ रुम्बा, संजय हुत्त, रुपा एस घले, बीरमान स्याङतन, प्रवल थिङ, कुमारी माया ग्लान, ज्ञानदास तामाङ, संगीता तितुङ, सञ्चु थोकर, रेशम कुमार स्याउली र
सृजना तामाङलाई सर्वसहमत रुपमा निर्वाचित गरेका हुन् । जसमा अध्यक्षको लागी कुमार मोक्तान र कोषाध्यक्षको लागी जोगलाल लामा पुनः दोहोरिएका हुन् ।

शनिबार सम्पन्न उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष जोगलाल लामाले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन र महासचिव सुनिता लुङ्बाले प्रस्तुत गरेका बार्षिक प्रतिवेदन समेत बन्दसत्रको फ्लोरबाट सर्वसहमत रुपमा पास गरेका थिए । गत बर्षहरुमा सम्पन्न महाधिवेशनहरुमा मतदान प्रकृयाबाट नेतृत्व चयन गर्दा थुप्रै चलचित्रकर्मीहरु संघबाट बाहिरीनु परेको समस्यलाई मध्यनजर राख्दै यस पटक भने अध्यक्ष कुमार मोक्तानले त्यो खालको प्रकृयालाई तोड्दै सर्वसहमत रुपबाट नेतृत्व सहित सिङ्गो कार्यसमिति चयन गर्न सफल भएको छ ।

कार्यक्रमको विशेष अतिथिमा आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष पुर्खजित राई, राट्रिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बल, वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ रहेका थिए भने अतिथिहरुमा नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान, तामाङ पत्रकार संघका संघीय महासचिव तिर्थमान बल, नेपाल तामाङ कलाकार संघका पूर्वअध्यक्ष सञ्जीव वाईबा, तामाङ डजाङका अध्यक्ष फुलकुमार बम्जन, वाईबा समाजका अध्यक्ष विगेन्द्र वाईबा, म्हेन्दोमाया कलाकार संघका अध्यक्ष आरम्भ तामाङ लगायत अन्य व्यक्तिहरु समेत रहेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुले तामाङ चलचित्र संघ नेपालको महााधिवेशन सफलताको साथै सक्षम नेतृत्व चयन गर्न शुभकामना राखेका थिए ।

निर्वाचन सकेपश्चात पुनः अध्यक्ष पदमा दोहोरिएका कुमार मोक्तानले यस अघि चलचित्र संघमा घुल्न गाह्रो र अहिले संघलाई भुल्न गाह्रो भएको अनुभुति भएको भन्दै विगतका समयमा भएका कमिकम्जोरीहरुलाई सुधार गर्दै पहिचान गरेका चुनौतीहरुलाई सिंगो कार्यसमिति गोलबद्ध रुपमा एक्यबद्धता जनाई त्यसको सामाना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै सिङ्गो तामाङ चलचित्रको बृद्धि, विकास र विस्तारका साथै तामाङ चलचित्रकर्मीहरुको कहहितको निमित्त आफु पहाड भएर उभिने समेत प्रतिवद्धता जाहेर गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्