16.1 C
Kathmandu

कला/ साहित्यतामाङ चलचित्र संघ नेपालको १४ औं साधारण सभा तथा ७ औं महाधिवेशन...

तामाङ चलचित्र संघ नेपालको १४ औं साधारण सभा तथा ७ औं महाधिवेशन भोली हुने

काठमाडौं । तामाङ जातीको सिंगो चलचित्रकर्मीहरुको एक मात्र छाता संगठन तामाङ चलचित्र संघको १४ औं वार्षिक साधारण सभा तथा ७ औं महाधिवेशन भोली हुने भएको छ । चलचित्र संघका अध्यक्ष एवम् चर्चित नायक कुमार मोक्तानको अनुसार भोली ठिक ११ बजेदेखी जोरपाटी स्थित याङ्रिमा हिलसिटी होटलमा कार्यक्रम आयोजना गरेको बताएको हुन् ।

विहिबार एच.टि.भि.नमोबुद्धसंग गरिएको संवादतमा अध्यक्षद्धय मोक्तानले संघले यसपटक निती तथा कार्यक्रम तर्जुमामा जोड दिए संगै सर्वसम्मत प्रणालिबाटै नेतृत्व चयन गर्ने बताएको छ । कुराकानीको क्रममा उनले भने, विगतमा भएको महाधिवेशनमा मतदानमार्फत नेतृत्व चयन हुंदा संघलाई अति आवश्यक रहेका धेरै चलचित्रकर्मीहरु संघबाट बाहिरिएसंगै संघलाई निक्कै क्षेती भएको भन्दै यस पटक यसो हुन नदिनका लागि सकेसम्म सर्वसहमत ढंगले नै नेतृत्व चयन गर्ने वातावरण बनाएको उनले बताए ।

भोली हुन गइरहेको महाधिवेशनबाट तामाङ चलचित्र संघको नेतृत्वमा कस्ता खालका पदाधिकारी बन्ला भन्ने कुरा यत्ति बेला सिंगो तामाङ चलचित्रकर्मी संगै आम चलचित्र प्रेमीहरुको चासोको बिषय नै बनेको छ । यस अघि आफ्नो व्यस्तताको कारण देखाउंदै कार्यवहाक अध्यक्षलाई जिम्मेवारी सुम्पेका अध्यक्ष मोक्तान यत्ति बेला संघको नेतृत्वमा पुन नदोहोरीने मानसिकतामा रहे पनि हालको कार्यसमितिले भने एकपटक नेतृत्व दोर्‍याउने आन्तरिक तयारी समेत रहेको विशेष श्रोतमार्फत जानकारी आएको छ ।

मंसिर ३० गतेको लागि तय गरिएको कार्यक्रम तामाङ कलाकार संघले आयोजना गरिएको तेस्रो मौलीक तामाङ सेलो संगीत महोत्सव कार्यक्रम एकै समयमा पर्न गएको हुंदा भोली शनिबारको लागि सारेको अध्यक्ष कुमार मोक्तानले जानकारी दिएको हो । आफ्नो दुई बर्षै कार्यअवधीमा चलचित्र प्रदर्शन दिवश तथा टि.एफ.आर.सम्मान कार्यक्रम संगै संघको स्थापना दिवश लगायतका अन्य विभिन्न रचनात्मक कार्यक्रमहरु सम्पन्न पार्न सफल अध्यक्ष मोक्तानले टि.एफ.आर.सम्मान कार्यक्रमलाई अवार्डको रुपमा अन्तरराष्ट्रिय स्तरमा लाने समेत योजना रहेको बताएको छ । गत बर्ष सम्पन्न चलचित्र प्रदर्शन दिवश तथा टि.एफ.आर.सम्मान कार्यक्रममार्फत थोरै विवादमा तानिए पनि समग्रमा आफ्नो कार्यकालमा निक्कै महत्वपूर्ण निर्णयहरु गर्नुका साथै कार्यन्वयमा समेत सफल रहेको देखिन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्