18.1 C
Kathmandu

कला/ साहित्यतामाङ समाज यूएईले काठमाडौमा साँस्कृतिक कार्यक्रमका साथ तामाङ स्रष्टाहरुलाई सम्मान गर्ने

तामाङ समाज यूएईले काठमाडौमा साँस्कृतिक कार्यक्रमका साथ तामाङ स्रष्टाहरुलाई सम्मान गर्ने

काठमाडौं । तामाङ समाज यूएईले काठमाडौमा साँस्कृतिक कार्यक्रमका साथ तामाङ स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । भोली शनिबार बौद्ध स्थित बासुकी पार्टी प्यालेसमा दिनको ठिक एक बजे देखी कार्यक्रम शुरु हुने आयोजकले जानकारी दिएको हो ।

वैदेशिक रोजगारीको क्रममा यूएई पुगेका तामाङहरुको छाता संगठन तामाङ समाज यूएईले काठमाडौंमा तामाङ स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ ।

शिक्षाको लागि समाज कार्यक्रमबाट संकलन भएको रकम हस्तान्तरण गर्न आयोजना गरेको उक्त कार्यक्रममा स्रष्टाहरुसंगै विगतमा युएईमा सांगीतिक प्रस्तुति दिन गएका कलाकारहरुलाई समेत सम्मान गर्ने कार्यक्रम राखेको छ ।

तामाङ समुदाय शिक्षाको कारण सामाजिक साँस्कृतिक राजनीतिक र आर्थिक क्षेत्रमा पछाडि परेको ठहर गर्दै युएईमा तामाङ समाज यूएईले लामो समयदेखि शिक्षाको लागि समाज लगायत विभिन्न जागरण मुलुक कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

तामाङ बहुलियता रहेको विद्यालयहरुलाई आर्थिक सहयोग हस्तान्तरण गर्ने क्रममा यस वर्ष भने शिक्षाका लागि समाज कार्यक्रमबाट संकलन भएको करिब १ लाख ५५ हजार रुपैयाँ काभ्रे जिल्ला तेमाल गाउँपालिका-९ स्थित श्री मैनाजंग प्राविलाई हस्तान्तरण गर्ने भएको छ साथै विद्यार्थीहरुलाई छात्रवृत्ति समेत दिने तयारी गरेको छ ।

काठमाडौं बौद्ध स्थित बासुकी पार्टी प्यालेसमा यहीँ आउदो मंसिर १६ गते दिउँसो ठिक १ बजे आयोजना गरेको उक्त कार्यक्रममा बागमती प्रदेशका अर्थमन्त्रि बहादुर सिं तामाङ प्रमुख अतिथिको रुपमा उपस्थित रहने छ ।

उक्त कार्यक्रमका लागि तामाङ समाज यूएईका सदस्यहरु काठमाडौं आइसकेका छन् भने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र उक्त दिन बृहत साँस्कृतिक कार्यक्रमको साथमा रात्री भोजको समेत आयोजना गरेको समाजका कार्यकारी अध्यक्ष भिम दोङले जानकारी गराएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्