25.1 C
Kathmandu

कला/ साहित्यरञ्जित वाईबाको ‘नगरन रिस’ अडियो नै ट्रेण्डिङ फर म्युजिक नम्बर १२ मा

रञ्जित वाईबाको ‘नगरन रिस’ अडियो नै ट्रेण्डिङ फर म्युजिक नम्बर १२ मा

काठमाडौ । रञ्जित वाईबा तामाङको नेपाली सेलो गीत नगरन रिसको अफिसियल अडियो सार्बजनिक गरिएको १ हप्तादेखी नै ट्रेण्डिङ फर म्युजिक नम्बर १२ मा पर्न सफल भएको छ । यद्यपि हिजो भने ट्रेण्डिङ फर म्युजिक नम्बर १० मा परेको थियो ।

नेपाली मुलधारका गीतसंगीतको बजारमा निक्कै गीतहरु युट्युव ट्रेण्डिङमा परे पनि तामाङ गीत संगीतको बजारमा भने केही गीतहरु मात्रै युट्युव ट्रेण्डिङमा पर्न सफल भएका छन् । यसै क्रममा गत साता फ्याफुल्ला नेपालमार्फत सार्बजनिक गरिएको उक्त गीतको अडियो भर्सन नै ट्रेण्डिङमा पर्न सफल भएको हो । ट्रेण्डिङ फर म्युजिक नम्बर १२ मा पर्न सफल उक्त गीतको शब्द/संगीता रञ्जित वाईबाको रहेको छ भने गीतमा आवाज चर्चित गायीका जितु लोप्चनको साथमा रञ्जित वाईबाको नै रहेको छ ।

गीतको अडियो एरेन्ज तथा मिक्सिङ चर्चित गायक तथा संगीतकार सानबाबु घिसिङले गरेका हुन् भने यो गीत उनै घिसिङको फ्याफुल्ला नेपालमा रेकर्ड गरिएको हो । पछिल्लो समय गीत भन्ने बित्तिकै भिडियोको रुपमा हेर्ने गरेका दर्शकहरुका बीच यो गीतको अडियोले नै छोटो समयमा ट्रेण्डिङमा पर्न सफल भएको छ । यद्यपि यस अघि पनि अडियो भर्सनले नै धेरै भिउअर्स कमाउन सफल तामाङ गीतहरु युट्युवमा रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्