19.1 C
Kathmandu

कला/ साहित्यप्रकाश वाईबा तामाङको 'ब्रेल्साङ लाई म्हान्जी' भिडियो सहित सार्वजनिक

प्रकाश वाईबा तामाङको ‘ब्रेल्साङ लाई म्हान्जी’ भिडियो सहित सार्वजनिक

काठमाडौ । युवा गायक प्रकाश वाईबा तामाङको ब्रेल्साङ लाई म्हान्जी शनिबार भिडियो सहित बजारमा सार्वजनिक गरिएको छ । जोरपाटी स्थित द स्हेनोस हाउसमा एक पत्रकार सम्मेलनमार्फत उक्त गीतको अफिसियल भिडियोको विमोचन गरेका हुन् ।

तामाङ गीतसंगीतको क्षेत्रमा विदेशमा रहेर पनि अत्यन्त चासो लिएर अघि बढिरहेका गीतकार प्रज्वल दोङको शब्द रचना रहेको उक्त गीतमा प्रयास तामाङको संगीत रहेको छ भने गीतको अडियो मिक्सिङ तथा एरेन्ज गायक तथा संगीतकार सानुबाबु घिसिङले गरेका हुन् । यस गीतमा सुमधुर आवाज भने चर्चित गायीका जितु लोप्चनको साथमा प्रकाश वाईबा तामाङले दिएका हुन् । गीतको अडियो रेकर्ड फ्याफुल्ला रेकर्डिङमा गरेको हो ।

सिन्धुली जिल्लामा जन्मेका युवा गायक प्रकाश वाईबा तामाङले आफ्नो गृह जिल्लाको साथै आफ्नो बंश अथवा थर वाईबालाई कोड गर्दै वाईबा राजाको समेत चर्चा गरेर गाउन पाएकोमा अत्यन्त गर्व महशुस गरेको बताएका छन् । गीत संगीत क्षेत्रमा केही गर्छु भनेर लागिरहेका गायक प्रकाश वाईबा तामाङ गायन क्षेत्रमा निक्कै सम्भावना बोकेका गायक हुन् । यद्यपी पछिल्ला समय भने गीत संगीतको क्षेत्रमा लहर र रहरले नै लाग्नेहरुको पनि जमात निक्कै देख्ने गरेको पाईन्छ भने यसै क्षेत्रमा पोख्थता रहेका कलाकरहरुको पनि कमि रहेका छैनन् ।

ब्रेल्साङ लाई म्हान्जीको भिडियो तर्फ भने तामाङ चलचत्रिका महानायक अमिर दोङले निर्देशन गरेका हुन् । त्यसै गरि यो गीतको भिडियोमा नृत्य निर्देन कृष्ण ब्लोनले गरेका हुन् । भिडियोको मुख्य भुमिकामा भने अमिर दोङ, याङ्गी दोङ, सञ्जीव गोले र जमुना वाईबा रहेको छ । थप भुमिकामा हांस्य कलाकार कुईसाङ रुम्बा, पदम दोङ र विशाल थिङको समेत अभिनय हेर्न सकिनेछ । नृत्य गरेर मोडलिङ क्षेत्रबाट कलाकारितामा लागेका अमिर दोङ तामाङ चलचित्रमा महानायकको रुपमा समेत स्थापित भएका हुन् । उमेर ढल्किदो क्रमसंगै अमिर दोङले पछिल्ला समय आफ्नो गेटअप, बडी मेनटेन्डमा परिवर्तन गर्दै नृत्यमा समेत अझ धेरै सुधार गर्दै आएको देखिन्छ । त्यसै गरि मोडल याङ्की दोङको नृत्य, अभिनय संगै फेसुवल एक्स्प्रेसनको आम दर्शकले खुलेरै प्रशंसा गरेको पाईन्छ । अर्को मोडल सञ्जीव गोले पनि पछिल्ला समय एक पछि अर्को गर्दै निरन्तर रुपमा म्युजिक भिडियोहरुमा देख्ने गरिन्छ भने उनि पनि नृत्यमा निक्कै दख्खल राख्ने मोडलको रुपमा चिनिन्छ । यो गीतको भिडियोमा अभिनय गर्ने अर्को नव मोडल जमुना वाईबाको भने दर्शकहरुबाट प्रतिकृया आउन बाँकी नै रहेको छ । लामो समयदेखी मोडलिङ क्षेत्रमा आउने सोच बनाएकी उनी यो पटक पहिलो चोटी भिडियोमा प्रस्तुत भएकी हुन् ।

शनिबार सम्पन्न पत्रकार सम्मेलन तथा भिडियो विमोचन कार्यक्रमका अध्यक्षता निर्माता तथा गायक प्रकाश वाईबा तामाङले गरेका हुन् भने कार्यक्रमको प्रमुख अतिथि बाग्मती प्रदेश सभा सदस्य क्षेत्र बहादुर बम्जन रहेका थिए । त्यसै गरि कार्यक्रमको विशेष अतिथिको रुपमा हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रका अध्यक्ष लामा गुरु कोशिस लोब्साङ वाईबा रहेका थिए भने अतिथिहरुमा वाईबा समाजका अध्यक्ष विगेन्द्र वाईबा, तामाङ डजाङका अध्यक्ष फुल कुमार बम्जन तामाङ, गायक तथा संगीतकार बैरगी मोक्तान, तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष सुदिन दोङ लगायत अन्य थुप्रै कलाकार तथा व्यवसायीहरु रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य भने तामाङ चलचित्र जगतका महानायक अमिर दोङले राखेका थिए ।

गीतको भिडियो तामाङ सुपर स्टार डम्फु मिडियाको अफिसियल युट्युव च्यानल Damphu Media PVT. बाट सार्बजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…..

https://www.facebook.com/namobuddhanews/videos/727678492741561/?mibextid=YxdKMJ

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्