19.1 C
Kathmandu

समाचार‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा ’,१४० सडक मानवको उद्धार

‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा ’,१४० सडक मानवको उद्धार

महाकाली  । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा गत असोज २७ गतेदेखि सुरू भएको ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ ले १८ ‍औ दिनसम्म आईपुग्दा महाकालीपुलमा दिप प्रज्वलन गरेको छ ।

राष्ट्रिय उद्धार यात्रा १८ औं दिनमा प्रवेश गर्दा उद्धार यात्रीहरु महाकाली पुल पुगेर दिप प्रज्वलन गरेका हुन् । यात्राको सूरुवातमा मेचि पुलमा दिप प्रज्वलन गरेर विभिन्न प्रदेशहरुमा उद्धार यात्रा सकेका अभियान्ताहरु अहिले महाकाली पुल पुगेका हुन् । उक्त दीप प्रजज्वलन कार्यक्रममा दोधारा चाँदनी नगरपालिका प्रमुखको उपस्थितिमा उद्धार यात्रामा रहेका ४० जना अभियान्ताहरुले नेपालको झण्डा सहित संयुक्त दीप प्रजज्वलन गरेका थिए।

विहिबार अर्थात १५ गतेको यात्रामा महाकाली पल पुग्नुअघि यात्रीहरुले विहानको दैनिक प्राथना र शुभ भावनासहित कैलालीको धनगढी उपमहानगरपालिकाबाट उद्धार यात्रा सूरु गरेका थिए । उक्तदिन यात्रीले धनगढी १५ उर्मा, कैलालीमा बन्दै गरेको आश्रमको भवन अवलोकन गरेका थिए। जङ्गलको बीचमा सुन्दर र शान्ता स्थानमा निकै उत्कृष्ठ डिजाईनबाट भवनको निर्माण गरिएको छ ।

उद्धार यात्रामा दत्तचित्त भएर लागी रहेका यात्रीहरुको हौसलालाई थप बलियो बनाउँन कैलाली उद्योग वाणिज्य संघले स्वागत समेत गरेको थियो । यस्तै, वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले यात्राबारे शुभकामना दिएका थिए। संघका अध्यक्ष कुवरले आश्रमप्रतिको प्रेम र सदभाव प्रकट गर्दै सेवा व्यवस्थापनका लागि आजीवन भोजन सेवामा रु १ लाख भन्दा बढि रकम प्रदान गरेका थिए ।

यसैगरी, सहयोगापेक्षी सडक मानवको सेवामा तिलक बाहदुर बोहोराले १० हजार रुपैंया र वडा प्रहरी कार्यालयका प्रमुख जनकराज ढुंगानाले ५ हजार रूपैया सहयोग गरेका थिए। त्यसपछि यात्राका क्रममा यात्रीहरु गोदावरी नगरपालिका पुगेका थिए । देशलाई सडक मानव मुक्त बनाउन आवश्यक सहयोग गर्ने उपस्थित नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतज्यूहरुले उद्घोष गरेका छन् ।

यात्राको क्रममा स्थानिय पालिकाहरुबसँग छोटो स्नेह मिलन सहित उद्धार यात्रा समेत गरिरहेका अभियान्ताहरुले अत्तरिया १ , गोदावरी नगारपालिकाबाट १ जना पुरुषको उद्धार गरेका थिए । साथै, यात्री टोली स्नेह मिलनको लागि कञ्चनपुर जिल्ला , गुलरियामा अवस्थित कृष्णपुर नगरपालिकामा पुगेका थिए ।

आश्रमले २०८२ सालसम्म सडक मानव मुक्त देश निमार्णको लागी स्थानीय सरकारको साथ र सहयोग पहल गरिरहेको छ । अभियान अन्तरगत कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा भएको मानवउद्धार कार्यमा अभियन्ताहरुले उद्धार यात्रा र आगामी लक्ष्यबारे जानकारी दिएका थिए भने पालिकाको सहयोगमा उद्धार समेत गरिएको थियो । साथै, शुक्लाफाँटा नगरपालिका ,वन समिति बजार ६ बाट समेत १ जना पुरुषको उद्धार गरिएको थियो ।

यसैगरी, उद्धार गरिएका दुई जना व्यक्तिलाई बेदकोट नगरपालिकामा रहेको ताल मन्दिर परिसरमा लगि सरसफाइ गरी सामूहिक भोजन ग्रहण गरिएको थियो । निकै मनमोहक देखिने तालमा भोजन लिएपछि यात्रीहरु महाकाली पुलतिर लागेका थिए ।

‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारासहित सुरु गरिएको उद्धार यात्रामा हालसम्म उद्धार संख्या १३८ रहेको छ जसमा महिला ३६, पुरुष १००, बालिका ३ जना र बालक १ जनाको उद्धार भएको छ । अझै कर्णाली प्रदेश, गण्डकी प्रदेश र वागमती लगायतका प्रदेशमा उद्धार क्रम जारी रहने छ ।चर्चित गायिका आनी छोइङ डोल्मासँगै मानव सेवा आश्रमका सदस्यहरुसहित अभियानमा रहेका टोलीले सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडकआश्रित मानवलाई उद्धार गर्दै आएको छ । विगतमा पनि मानव सेवा आश्रमले सडक मानवको उद्धार अभियान सञ्चालन गरेको थियो ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्