31.1 C
Kathmandu

भिडियोनेपाली प्रेमगीत “तिम्रो मेरो कथा एउटै” सार्वजनिक

नेपाली प्रेमगीत “तिम्रो मेरो कथा एउटै” सार्वजनिक

काठमाडौं । कालिका लामाको दोस्रो सांगीतिक प्रस्तुति “तिम्रो मेरो कथा एउटै” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रथम तामाङ गायक चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा बुधबार चिकेन स्टेसन राधेराधे भक्तपुरमा भिडियो सार्वजनिक तथा पत्रकार सम्मेलन गरी उक्त नेपाली प्रेमगीतको म्युजिक भिडियोलाई बजारमा ल्याइएको हो। गीतमा मोडल लाक्पा लामा र अम्बिका तामाङको रोमान्चक अभिनय देख्न सकिन्छ ।

युवा व्यवसायी चुन्डुइ तामाङ ङ्यसुरको मुख्य निर्मातामा निर्माण गरिएको गीतमा गीतकार ज्ञानदास दोङको रचना रहेको छ भने तामाङ कलाकार संघका निवर्तमान अध्यक्ष, चर्चित गायक तथा संगीतकार विश्व दोङको संगीत रहेको छ । भिडियोलाई गायक तथा संगीतकार विश्व दोङकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यस्तै, गीतमा संगीतकार विश्व दोङ र गायीका सुमिना लोको आवाज भरिएको छ। अडियो एरेञ्ज, गायक तथा संगीतकार विश्व दोङले नै गरेको गीतको मिक्सिङ भने दिपेस प्रधानले गरेका हुन् । निर्देशक अजय स्याङतानको निर्देशन, इडिट रहेको म्युजिक भिडियोमा राजेन्द्र मोक्तानले कलर गरेका छन् भने छायांकन र ड्रोन क्याप्टेनमा विक्रम मोक्तानले भुमिका निर्वाह गरेका छन् ।

मायाप्रेममा आधारित यस गीतले साँच्चिकै मायाप्रेम गर्नेहरुका लागि एउटा मायाका सन्देश दिन खोजिएको छ। पत्रकार सम्मेलनमा तामाङ कलाकार संघको निवर्तमान अध्यक्ष विश्व दोङ, मम्स नेपालकी अध्यक्ष एवम् नायिका रञ्जिता ब्लोन, वैदेशिक रोजगार उद्वार श्रमिक नेपालका अध्यक्ष बिशाल तामाङ मोक्तान लगायत अन्य गायक तथा गायीकाहरुको उपस्थिति रहेका थियो ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्