25.1 C
Kathmandu

समाचारतेमालमा आगामी सोमबार शरणगमन,बोधिसत्त्वसंवर प्रदानका साथै अवलोकितेश्वर,गुरु पद्मसंभव,तारा,आदिका आगम/कह्गो प्रदान गर्ने कार्यक्रम...

तेमालमा आगामी सोमबार शरणगमन,बोधिसत्त्वसंवर प्रदानका साथै अवलोकितेश्वर,गुरु पद्मसंभव,तारा,आदिका आगम/कह्गो प्रदान गर्ने कार्यक्रम हुने

काभ्रे । तेमाल शान्ति ध्यान केन्द्रको आयोजनामा आगामी कार्तिक २० गते सोमबार काभ्रेको धार्मिक एवं सांस्कृतिक तथा पर्यटकिय स्थल तेमालमा शरणगमन, बोधिसत्त्वसंवर प्रदान गर्नुका साथै अमिताभ बुद्ध,अवलोकितेश्वर ,गुरु पद्मसंभव, तारा, आदिका धारणीहरुको आगम साथै कह्गो प्रदान गर्ने कार्यक्रम हुने भएको छ ।

जिल्लाको तेमाल गाउँपालिका ५ स्थित अर्य अवलोकितेश्वर ध्यान गुम्बामा आगामी सोमबार परम पुज्यनीय ४३ औ साक्य ठ्रिजीन ज्ञान बज्र रिन्पोछेज्यु बाट शरणगमन, बोधिसत्त्वसंवर प्रदान गर्नुका साथै अमिताभ बुद्ध,अवलोकितेश्वर ,गुरु पद्मसंभव, तारा,आदिका धारणीहरुको आगम साथै कह्गो प्रदान गर्नुहुने कार्यक्रम हुने भएको हो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको तिमालमा हुन गईरहेको उक्त कार्यक्रममा उपास्थितिको लागि आयोजकले सम्पूर्ण धर्मप्रेमी महानुभावहरुमा हार्दिक निमन्त्रण गरेका छन् । ऐतिहासिक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँको काखमा गुरू रेम्पोर्छे (पद्मसंभव)ले तपस्या गरेको ठाउँलाई हाल गेलुङ ओडार (गेलुङ ऊ),तोङ्सुङ कुण्ड(गुरु डुप फुग) ,ग्योलोङ उ (गुरुला डुफ थार),टावर डाडा(कृषिगाङ),श्ह्याप वाङ गुम्बा ,यारीनाग पोखरी,गणेश मन्दिर,स्वयम्बु बौद्द, नमोबुद्द,(ठाना गाङ चे),श्री सत्य नारायण मन्दिर ,ह्याग्छ्या न्हाग्बो धुल्सा गुम्बा,गुरु अवलोकितेश्वर ध्यान गुम्बा,डम्फु पार्क(रोसाईबा) ,काकलिङ ने,ङ्होईडुप न्होर्बु छ्योर्तेन,सिन्धन डाडा हजार सिढि,कोट तेमाल,तामाङ राजा रिञ्जेनको भग्नावशेष दरबार लगायत धार्मिक, साँस्किृति एवं पर्यटकीय स्थलहरुको अवलोकन गर्न सकिन्छ ।

तिमालबाट गणेश, लाङटाङ र गौरीशंकर लगायत आधा दर्जनभन्दा बढी हिमालको दृष्यावलोकन गर्न पाइन्छ । पछिल्लो समय अत्यन्तै महँगोमा बिक्री हुने बुद्धचित्त कोट तिमालका लागि आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय बुद्धचित्तको बोट हेर्न र खरिद गर्न पनि पर्यटक जाने गरेका छन् । बोधिचित्तका कारण तिमालले विश्वको ध्यान खिच्न पनि सफल भएको छ ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्