19.1 C
Kathmandu

कला/ साहित्यतामाङ प्रेम गीत 'नाम धोसी' भिडियो एक संदेश अनेक (एक पटक हेर्नै...

तामाङ प्रेम गीत ‘नाम धोसी’ भिडियो एक संदेश अनेक (एक पटक हेर्नै पर्ने भिडियो)

काठमाडौं । तामाङ गीत संगीतको क्षेत्रमा मंगलबार थप एउटा प्रेम गीत सार्बजनिक भएको छ । सम्झना लामाको नयाँ तामाङ प्रेम गीत ‘नाम धोसी‘ भिडियो सहित मंगलबार एक कार्यक्रमकाबीच सार्बजनिक गरिएको हो ।

तामाङ चलचित्र संघ नेपालको केन्द्रिय अध्यक्ष समेत रहेका चर्चित नायक कुमार मोक्तान र सम्झना लामाको अभिनय रहेको उक्त गीतको भिडियो मोडल सम्झना लामाको वास्तविक जीवनमा घटेको घटनामा आधारित रहेको लामाले नमोबुद्ध न्यूजसंग गरेको संवातमा बताएकी छिन् । सामान्यतय गीतहरु काल्पानिक रुपमा नै आफुलाई निश्चित फ्रेम भित्र राखेर रचना गर्ने गरेको पाईन्छ । झट्ट हेर्दा र सुन्दा गीत संगीत भन्ने बित्तिकै प्रायजसो मनोरञ्जनको रुपमा लिने गरेको पाईन्छ । यद्यपि दुःख, करुणा, पिडा र रोदनका गीतहरु पनि बजारमा आउने गर्दछन् । प्राय यस्ता गीतहरु भने कसै न कसैको वास्तबविक जीवनमा घटेको वा देखेको घटनमा आधारित रहेका हुन्छन् । यस प्रकारका गीतहरुले मानिसलाई भावुक बनाउने आँखा रसाउने वा मन बुझाउने खालका हुन्छन् । यस्तै विभिन्न खालका गीतसंगीतका भिडियोहरु दिनानुदिन जस्तै सार्बजनिक हुने क्रममा मंगलबार सार्बजनिक गरिएको एउटा बिशुद्ध माया प्रेमसंग सम्बन्धित गीत हो ‘नाम धोसी’ । मंगलबार बौद्ध पिपलबोटस्थित बर्गर टावरमा एक पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरिएको उक्त गीतको भिडियो भने फरक ढंगले तयार पारेको देखिन्छ ।

एउटा माया प्रेममा रहेको युगल जोडी या श्रीमान श्रीमतीबीच एकले अर्कालाई गरेको विश्वासमाथी पटक पटक विश्वासघात हुँदा, अझ भनौ आफ्नो श्रीमानको पर स्त्रिसंगको सम्बन्ध या श्रीमती पर पुरुषसंगको सम्बन्धमा रहेको घटनको कारण थुप्रै युवा युवतीले आत्महत्या गरेका वास्तबिक समाचारहरु बेलाबेलामा सञ्चारमाध्यममार्फत आउने गर्दछन् । कत्तिपय समयमा भने स्थानिय तहका सरकारलाई नै चुनौतीको बिषय बन्ने गर्दछन् आत्महत्याको समस्या । तर प्रेममा पाएको धोका या आफुले माया गरेको मान्छेबाट बिश्वासघात भए पस्चात गरिने आत्महत्यालाई न्यूनिकरण गर्ने एक बलियो माध्यम बनेको छ तामाङ प्रेम गीत ‘नाम धोसी‘ ।

निश्कर्षमा नाम धोसीको भिडियोबाट जीवनमा जस्तो सुकै अवस्था आए पनि अन्तिम विकल्प आत्महत्या होईनरहेछ भन्ने सन्देश ९ मिनेट भित्र प्रस्तुत गर्ने जमर्को गरेको देखिन्छ । यसै गीतमा अभिनय गरेकी सम्झना लामाले वास्तविक जीवनमै घटेको घटनालाई लिएर तयार गरिएको कन्सेप्टलाई निर्देशक मिस्टर काजीले नायकद्धय कुमार मोक्तान र सम्झना लामालाई दृश्यमा उतारेको हो भने यस गीतको भिडियो छायंकन, सम्पादन र कलरिङ त्रिलोक लामाले गरेका हुन् ।

गीतको अडियोतर्फ भने नेपाल तामाङ कलाकार संघका अध्यक्ष एवम चर्चित गायक तथा संगीतकार बिशाल काल्तानको शब्द संगीतमा संगीतकारद्धय काल्तानको साथमा चर्चित गायीका जितु लोप्चनको सुमधुर आवाज रहेको छ । त्यसै गरि अडियो एरेन्जमा चाँद सिं र मिक्सिङमा दिपेश प्रधानको भुमिका रहेको छ । भिडियो NI PPRODUCTION HOUSE Youtube Channel मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस……

प्रतिकृया दिन नभुल्नुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्