22.1 C
Kathmandu

कला/ साहित्यकमला दोङ र विश्व दोङको आवाज रहेको तामाङ सेलो गीत हेर्दैमा राम्री...

कमला दोङ र विश्व दोङको आवाज रहेको तामाङ सेलो गीत हेर्दैमा राम्री २ बजारमा (भिडियो सहित)

काठमाडौं । यस अघि दर्शक श्रोताले अत्यन्तै रुचाईएका तामाङ गीतहरुमा विश्व दोङको आवाजमा रहेको हेर्दैमा राम्री एक हो । उक्त गीतलाई दर्शक श्रोताको अपार माया पस्चात बजारमा फेरी हेर्दैमा राम्री २ भिडियो सहित सार्वजनिक भएको छ ।

कुमार बोम्जन तामाङको शब्द रचनामा लोकप्रिय गायक तथा संगीतकार विश्व दोङले संगीत गरेको हेर्दैमा राम्री २ मा विश्व दोङ र कमला दोङको समधुर आवाज रहेको छ । गीतको अडियो एरेन्ज विश्व दोङको रहेको छ भने मिक्सिङ दिपेश प्रधानको रहेको छ । गीतको अडियो पक्षमा भने हेर्दैमा राम्री र हेर्दैमा राम्री २ को सिङ्गो टिमको निरन्तरता देखिन्छ । यद्यपि भिडियो तर्फ भने यस पटक तामाङ चलचत्रिका महानायकद्धय अमिर दोङको निर्देशन र नायक राज किङ वाईबाले कोरियो ग्राफि गरेको छ । त्रिलोक लामाले छायंकन तथा सम्पादन कार्य गरेको यस गीतको भिडियोमा अमिर दोङको साथमा मन्जरी वाईबाले अभिनय गरेको देखिन्छ ।

केही दिन अघि मात्र डम्फु मिडिया युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई सार्बजनिक गरिएको दुई दिनमा नै ५९ हजार भन्दा धेरैले हेरिसकेका छन् ।
हेर्दैमा राम्री १ बर्ष अघि सार्बजनिक गरिएको अडियोलाई हाल सम्म पचाल लाख सत्तरि हजार भन्दा धेरै पटक हेरिएको छ भने नौं महिना अघि सार्बजनिक गरिएको अफिसियल भिडियो हामीले समाचार तयार गर्ने समय सम्म तिस लाख सत्तरी हजार भन्दा धेरै पटक हहेरिएको छ ।

पछिल्लो समय विश्व दोङको आवाजमा अडियो भर्सन नै श्रोताले अत्यन्तै मन पराएको अवस्थामा गायीका कमला दोङ र विश्व दोङको आवाजलाई यस अघिको गीतमा जस्तै माया पाउला नपाउला त्यो भने हेर्न बाँकी नै छ ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस…..

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्